नेपाललाई हेपेर बोल्ने योगी आदित्यनाथलाई प्रधानमन्त्रीले दिए यस्तो कडा जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका विषयमा दिएको अभिव्यक्तिको कडा शब्दमा आपत्ती जनाएका छन् । उनले आदित्यको भनाई निन्दनीय रहेको प्रतिकृया दिएका छन् ।

भारतले अ’तिक्रम’ण गरेको नेपाली जमिन समेत समेटेर नयाँ नक्सा जारी भएको विषयमा योगी आदित्यनाथले नेपाललाई हेपेर अभिब्यक्ति दिएका थिए । उनले नेपालले नक्सा जारी गर्नु अघि त्यसवाट उत्पन्न परिणाम वारे नेपालले सोच्नु पर्ने भन्दै ध’म्की दिएका थिए ।

प्रधानमन्त्री ओलीले आदित्यको सो भनाई प्रति कडा आपत्ती जनाउँदै भने, ‘यदि योगीजीले त्यसरी बोल्नु भएको हो भने त्यो जायज होइन, त्यसरी नेपाललाई ध’म्क्याउन खोज्नुभएको हो भने उचित होइन’, ।

बुधवार विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आपत्ती जनाएका हुन् । उनले आदित्यको सो भनाई आलोचनायोग्य र निन्दनीय भएको बताएका छन् ।

ओलीले भने, ‘योगी भारतको केन्द्र सरकारको मान्छे होइन, मुख्यमन्त्रीकै हैसियतमा बोल्नुभएको हो भने पनि त्यो आलोच्य विषय हो, नेपाललाई ध’म्की दिनुभएको हो भने निन्दनीय विषय हो ।’

उनले मुख्यमन्त्री योगीलाई चेतावनी दिँदै भने, ‘ नेपाल हेपिन तयार छैन, हेपिन मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु ।’ प्रधानमन्त्री ओलीले वजेट माथि उठेको प्रश्नको जवाफ दिने क्रममा अहिले कोरोना रोकथामका लागि खर्च भएको पैसाको हिसाव खोज्ने बेला नभएको भन्दै कोरोना रोकथाममा सघाउन सबैलाई आग्रह गरे ।

उनले १० अर्वको हिसाव प्रकृयागत रुपमा सार्वजनिक हुने बताउँदै अहिले सबै मिलेर कोरोना रोकथाम गर्ने काममा लाग्नुपर्ने बताए । मंगलवार कांग्रेसका सांसद गगन थापाले वजेटमा कोरोना रोकथामका नाममा खर्च भएको भनिएको १० अर्व रुपैयाको हिसाव सरकारले दिनुपर्ने भन्दै जवाफ मागेका थिए ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…