कुवेतबाट बिहीबार मात्रै उडान हुने निश्चित, नेपालीलाई लिएर दुईवटा जहाज काठमाण्डौ आउने

काठमाण्डौ। कुवेतमा आममाफीमा सहभागी नेपालीलाई लिएर बुधबार काठमाण्डौ आउने भनिएका दुईवटै जहाजको उडान बिहीबार मात्रै हुने भएको छ ।

जजिरा एअरलाइन्सले त्यहाँ आममाफीमा सहभागी नेपालीलाई लिएर बिहीबार नेपाल आउन उडान तालिका निश्चित गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार बिहान ११ बजेर ३० मिनेमा एउटा र १२ बजेर ३० मिनेटमा अर्को जहाज नेपाल आइपुग्नेछन् ।

कोभिड १९ क्राइसिस् म्यानेजमेण्ट कमिटी सीसीएमसीले मंगलबार कुवेतमा आममाफीमा सहभागी भएका तीनसय जना नेपाली महिलालाई ल्याउन अनुमति दिएको थियो । तर मंगलबार साँझ कुवेतमा रहेको नेपाली दूतावासलाई एउटा मात्र उडान बुधबार हुने भनेर जानकारी गराइएको थियो ।

कुवेतले भिसा नवीकरण नगरेका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा जरिवानामा परेका नेपालीसहित विभिन्न देशका विदेशी नागरिकलाई आममाफी दिएको छ ।

अन्य देशका नागरिक आफ्नो देश फर्किसकेको भए पनि गएको अप्रिलदेखि आममाफीमा सहभागी भएका नेपालीहरु भने कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेका छन् । कुवेतले नै आममाफीमा सहभागीलाई खाद्यान्न लगायतको व्यवस्था गरेको छ ।

कुवेत सरकारले उनीहरुलाई आफ्नो जहाजमार्फत निःशुल्क ल्याइदिने दूतावासले जनाएको छ । कुवेत यसअघि नै नेपालीलाई ल्यादिन तयार भए पनि नेपालले अनुमति दिएको थिएन ।

कुवेतका लागि नेपाली राजदूत दुर्गा भणडरीका अनुसार कुवेतमा आममाफीमा सहभागी भएका र डिपोर्टटेसन सेन्टरमा रहेकालाई अहिले कुवेतले नै नेपाल पठाइदिने छ ।

नेपालले अनुमति दिएमा कुवेतले दिनमा तीनभन्दा बढी उडान समेत भर्न सक्नेछ । यसरी स्वदेश फर्कने २९९१ जनाकाे सूचि दूतावासले परराष्ट मन्त्रालयलाई पठाइसकेकाे छ ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…