अमेरिकाले नेपाललाई दियो ५५ लाख डलर

काठमाडौं।अमेरिकाले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि थप सहयोग गरेको छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसइआईडी) मार्फत नेपाललाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि थप ५५ लाख अमेरिकी डलर (करिब ६३ करोड रुपैयाँ) सहयोग गरेको हो। यसअघि अमेरिकाले १८ लाख डलर सहयोग गरेको थियो ।

‘संकटको यस्तो घडी नै कुनै पनि साझेदारीको सच्चा परीक्षा हो र यस कठिन घडीमा र त्यसपछिको समयमासमेत हामी अझै उत्थानशील, स्वस्थ, समृद्ध र आत्मनिर्भर नेपालको निर्माणप्रति प्रतिबद्ध छौं,’ अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई उदृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘थप सयोगसँगै युएसएआइडीको नयाँ कोभिड–१९ प्रतिकार्य सहायता घोषणा गर्दछु ।’ यस सहायतामार्फत युएसएआइडीले नेपालमा वर्तमान संकटका सहायक प्रभावहरूलाई सम्बोधन गर्न सधैं सहकार्य गर्न तत्पर रहेको जानकारी पनि दूतावासले दिएको छ ।

‘विद्यमान साझेदारीका जगमा थप कार्य गर्दै अति प्रभावित पालिकाभित्रका अति जरुरी आवश्यकतालाई सम्बोधन गर्नका लागि खास गरी उक्त सहायता रकमले साना नेपाली व्यवसायहरूको आर्थिक पुनरोत्थानका निम्ति अत्यावश्यक वित्त परिचालन गर्नेछ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अमेरिकाले निजी क्षेत्रको लगानीबाट लाभ लिँदै उक्त सहायताले जोखिम युक्त क्षेत्रमा स्थानीय सरकार तथा निकायहरूलाई कोभिड–१९ का आर्थिक–सामाजिक प्रभाव सम्बन्धी मूल्यांकन, योजना तथा प्रतिकार्य सम्बन्धी कार्यमा सघाउने छ ।’

युएसएआइडीले स्थानीय स्तरमा जोखिम सञ्चार सञ्चालन, प्रयोगशाला प्रणालीको तयारी, केस पत्ता लगाउने कार्य तथा निगरानीको क्रियाशीलता र प्राविधिक विशेषज्ञहरूलाई प्रतिकार्य तथा पूर्व तयारीका निम्ति सहयोगका लागिसमेत स्वास्थ्य सहायता प्रदान गरेको जनाएको छ। अमेरिकाले नेपाल सरकारसँग ७० वर्षभन्दा लामो समयदेखि बलियो तथा सहकार्यमूलक साझेदारी गर्दै आइरहेको छ र यसमार्फत नेपालका कृषि, शिक्षा, स्वास्थ्य, शिक्षा तथा अन्य आर्थिक–सामाजिक क्षेत्रको विकासका सहयोगार्थ १ अर्ब ५० करोड डलरभन्दा बढीको सहायता उपलब्ध गराएको छ ।

विश्वव्यापी स्वास्थ्यको क्षेत्रमा दशकौंदेखि अमेरिका विश्वकै ठूलो द्विपक्षीय सहायता प्रदाताका रूपमा रहँदै आएको छ। सन् २००९ यता अमेरिकी करदाताले उदारतापूर्वक स्वास्थ्य सहायतास्वरूप १ खर्ब डलरभन्दा बढी सहयोग र मानवीय सहायतास्वरूप झन्डै ७० अर्ब डलर उपलब्ध गराएका छन्।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…