काठमाडौंका व्यवसायीले भोलि पनि पसल खोल्ने, सुरक्षाकर्मीले बन्द गर्न दबाब दिएको भन्दै आपत्ति

काठमाडौं । काठमाडौंका व्यवसायीले आफूहरुले सुरक्षाका उपाय अपनाएर पसल खोल्दा पनि सुरक्षाकर्मीले बन्द गर्न दबाब दिएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार विहान न्युुरोडमा प्रहरीले बल प्रयोग गरेर पसल बन्द गराएपछि आक्रोशित व्यवसायीले बुधबार पनि पसल खोल्ने बताएका छन् ।

सरकारसँग छलफल गरेर विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेका मापदण्ड पूरा गरेर पसल सञ्चालन गरे पनि विना कुनै छलफल एक्कासी बन्द गराउनु निन्दनीय भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।

‘हामी सुरक्षाको सावधानी अपनाउनेछौं, स्थानीय प्रशासनले हामीलाई सहयोग गर्नुपर्छ’ अध्यक्ष नरेश कटुवालले भने, ‘अर्थतन्त्र चलायमान बनाउन पनि हामीले व्यवसाय अब सञ्चालन नै गर्नुपर्छ, हामी भोेलि पनि पसल खोल्छौं ।’

मंगलबार न्युरोडमा प्रहरीले पसल बन्द गराएपछि महासंघको बैठक बसेको थियो । बैठकपछि महासंघले व्यवसाय सञ्चालन जारी राख्ने निर्णय गर्दै सरकारसँग ५ बुँदे माग राखेको छ ।

बैंक तथा वित्तीय संस्था र सहकारीको ब्याज मिनाहा हुनुपर्ने, तीनै तहका सरकारलाई बुझाउनुपर्ने कर लकडाउन अवधिको मिनाहा हुनुपर्ने, घरभाडा मिनाहा हुनुपर्ने माग महासंघले राखेको छ ।

त्यस्तै महासंघले केरुङलगायत विभिन्न नाकामा आएका सामान छिटो जाँचपास गरी नेपाल भित्र्याउने व्यवस्था गर्नुपर्ने र सम्पूर्ण निजी क्षेत्रका संघ संस्थाहरुलाई एकीकृत गरी एक समन्वय समिति गठन गर्नुपर्ने माग गरेको छ ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…