उपत्यकामा अबको पढाइ रेडियोबाट

काठमाडौँ। कोरोना संक्रमणलाई ध्यान दिई काठमाडौं उपत्यकामा नयाँ शैक्षिक सत्रको पठनपाठन रेडियोमार्फत गरिने भएको छ ।

काठमाडौं महानगरपालिकाले आफू मातहतको मेट्रो एफएमबाट कक्षा सञ्चालनको तयारी गरेको हो । त्यसका निम्ति सामुदायिक विद्यालयका प्रधानाध्यापक, विषय शिक्षक र विषयविज्ञ छनोट गरी जिम्मेवारी दिइएको छ ।

‘लकडाउनले हाम्रो पेसा संकटमा परेको छ,’ त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने, ‘हाम्रो अनुरोधमा महानगरपालिकाले मेट्रो एफएमबाट कक्षा सञ्चालन व्यवस्था गरेको छ ।’ बुधबारदेखि कक्षा सुरु हुने बताइएको छ । कँडेल कक्षा ७ देखि १० का संयोजक हुन् ।

कक्षा १ देखि ६ सम्मका लागि सरस्वती माविकी प्रधानाध्यापक रविना महर्जनलाई संयोजक तोकिएको छ । ‘रेडियोबाट भौतिक कक्षामा विद्यार्थीसँग प्रत्यक्ष उपस्थित भएजस्तो हुँदैन, तैपनि नहुनुभन्दा केही हुनुचाहिँ बेस भन्ने ठानेका छौं,’ उनले भनिन्, ‘विद्यार्थी र अभिभावक सबैलाई पढ्ने र पढाउने चिन्ता बढेको हुँदा जो जहाँ छन् उनीहरूसामु कम्तीमा हाम्रो उपस्थिति रहोस् भन्ने लागेको छ ।’ कक्षा १ देखि ३ का निम्ति २५ मिनेट र त्यसभन्दा माथिका कक्षालाई आधा घण्टा समय निर्धारण गरिएको छ ।

महानगरपालिका शिक्षा विभाग प्रमुख तथा संयोजक तारापति खरेलले एकपक्षीय संवादकै रूपमा भए पनि रेडियो कक्षा सुरु गर्न लागेको बताए । ‘लकडाउन रहेसम्म कम्तीमा रेडियोबाट सकेसम्म सबैलाई लाभान्वित तुल्याउने उद्देश्यले तयारी गरेका हौं,’ उनले भने, ‘त्यसका निम्ति विषयविज्ञ, हेडमास्टर र रेडियोमैत्री स्वर हुने विषय शिक्षकलाई छनोट गरेका छौं ।’ पहिलो चरणमा असार मसान्तसम्म रेडियो कक्षा सञ्चालन हुने उनले बताए ।

हरेक कक्षामा विषयविज्ञ र विषय शिक्षकले दैनिक पाठतालिकाअनुसार स्क्रिप्ट तयार पार्नेछन् । मूल्यांकनकर्ताले पाठको उद्देश्यअनुरूप भए/नभएको मूल्यांकन गरेपछि रेडियो स्टेसनबाट प्रत्यक्ष प्रस्तुति तथा प्रसारण हुने जनाइएको छ ।

दैनिक १० वटा फरक विषयको कक्षा सञ्चालन हुनेछ । रेडियोमा प्रस्तुत हुने शिक्षकले करसहित दैनिक १ हजार रुपैयाँ यातायात खर्च पाउने छन् । यस हिसाबले दैनिक ३० हजार रुपैयाँ खर्च हुने पूर्वानुमान गरिएको महानगरका शिक्षा विभाग प्रमुख खरेलले बताए ।

यो कार्यक्रम सामुदायिक विद्यालयका विद्यार्थी लक्षित गरी ल्याइएको हो । उपत्यकाका ३ जिल्लामा २ हजार २ सय विद्यालयमध्ये ५ सय ८८ सामुदायिक विद्यालय छन् । राजधानीका अधिकांश सामुदायिक विद्यालयमा बाहिरी जिल्लाका विद्यार्थी पढ्छन् । लकडाउनले गर्दा धेरै विद्यार्थी गाउँबाट फर्किएका छैनन् । लक्षित रेडिया कक्षा कार्यक्रमले कति विद्यार्थी लाभान्वित हुन्छन् भन्ने यकिन छैन । महानगरले भने हरेक विद्यालयका प्रधानाध्यापकलाई सूचित गरिएको र प्रधानाध्यापकले शिक्षक तथा विद्यार्थीलाई सम्पर्क गरेर जनाउ दिने जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०७७ को अहिलेसम्म भर्ना अनुमति दिएको छैन । यद्यपि मन्त्रालयले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरेको छ ।

‘सबै विद्याथीहरूलाई चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकिन गरी सोको अभिलेख राखी पाठ्यपुस्तक उपलब्ध गराउने, स्थानीय तहले आफ्नो क्षेत्रभित्र उपलब्ध शिक्षक परिचालन गरी सामुदायिक रेडियो पाठ विकास गरी प्रसारण गर्ने व्यवस्था मिलाउने तथा प्रसारण गर्दा अन्तरक्रियात्मक बनाउन आवश्यक प्रबन्ध गर्ने र विद्यार्थीको निगरानीको जिम्मा समुदायमा बसोबास गरिरहेका शिक्षकलाई दिने,’ निर्देशिकामा उल्लेख छ ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…