पछिल्लो २४ घन्टामा ३२३ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ३२३ जनामा संक्रमण पुष्टि भएसँगै ४ हजार ८५ जना पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमित हुनेमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ३ जना, इलामका १ जना, सुनसरीका १ जना, सप्तरीका ७ जना, चितवनका २४ जना, नवलपुरका १५ जना, धादिङका १ जना, कपिलवस्तुका १० जना, म्याग्दीका १ जना, बागलुङ ११ जना र धनुषाका ४५ जना रहेका छन् ।

त्यसैगरी महोत्तरीका ५० जना, सर्लाहीका १ जना, दाङका ६ जना, बाँकेका ९ जना, जुम्लाका २ जना, सल्यानका १२ जना, सुर्खेतका ४ जना, दार्चुलाका १० जना, कन्चनपुरका १९ जना, डडेलधुराका ७ जना, कैलालीका १ जना, रुपन्देहीका २० जना, नुवाकोटका २ जना, रौटहटका २१ जना, सर्लाही १६ जना र सिरहाका १२ जनामा संक्रमण देखिएको छ ।

इलाम जिल्लामा पहिलो पटक संक्रमण देखिएको हो । यो सँगै संक्रमित भएका जिल्लाको संख्या ७२ पुगेको छ ।

भर्खरै प्रकाशित

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…

माधव नेपालप्रति संकेतगर्दै ओलीले भने, गल्ती महसुस गरेर आए पार्टीमा…

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता…