नापीका सुब्बाको कमाई सवा ७ करोड, अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर

काठमाडौं : नापी कार्यालय भक्तपुरका सर्भेक्षक राजेन्द्र काफ्लेविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर गरिएको छ।

उनले साढे ५ करोड अकुत सम्पत्ति आर्जन गरेका छन्। २२ वर्ष सार्वजनिक सेवामा उनले ७ करोड १७ लाख ४१ हजार कमाएको देखिएको छ। जसमा १ करोड ७४ लाख १४ हजारको मात्रै स्रोत खुलेका छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काफ्लेविरुद्ध ५ करोड ४३ लाख २७ हजार बिगो कायम गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनकी श्रीमति सुशीलालाई प्रतिवादी बनाइएको छ। भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा आफू र श्रीमती सुशिलाको नाममा ३३ कित्ता भन्दा बढी जग्गा जमिन खरिद गर्दा रजिष्ट्रेशन लिखतमा वास्तविक भुक्तानी मूल्य भन्दा न्यून रकम देखाई जग्गाधनीलाई वास्तविक कारोबारको रकम भुक्तानी दिएको अनुसन्धानको क्रममा जग्गा बिक्रेताको बयान र भुक्तानी भएका चेक तथा बैंक स्टेट्मेन्टबाट अकुत सम्पत्ति पुष्टि हुन आएकोले अख्तियारले जनाएको छ।

काफ्लेले २०५४ पुस १ देखि २०७६ वैशाख ३० सम्मको अवधिमा १ करोड ७४ लाख १४ हजार वैध आय आर्जन गरेको देखिएको छ। उनले यो अवधिमा ७ करोड १७ लाख ४१ हजार कमाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। जसमा ५ करोडढ ४३ लाख २७ हजार बराबरको ब्यय तथा लगानी (सम्पत्तिको स्रोत खुल्न नसकेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए। उनीविरुद्ध दुई वर्षसम्म कैद र बिगो बमोजिम जरिबाना गरी त्यसरी आर्जन गरेको गैरकानुनी सम्पत्ति समेत जफतको माग दाबी गरिएको छ।

काफ्लेले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको तथ्य प्रमाणबाट पुष्टि हुन आएको अख्तियारले जनाएको छ। गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगोबाट खरिद गरी काफ्ले र निजकी एकासगोलकी श्रीमती सुशीलाको नाममा राखेको पाइएको छ।

चलअचल सम्पत्ति तथा सोबाट बढे बढाएको सम्पत्ति कानून बमोजिम हुन आउने व्याजसमेत आरोपीको नाममा रहेको जग्गा जमिन तथा बैंक मौज्दातबाट असुल उपर गरी जफत गर्न मागदाबी लिने आरोप पत्रमा उल्लेख छ।

जफत गर्ने प्रयोजनको लागि मात्र सुशीलालाई समेत प्रतिवादी कायम गरी निजको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…