कतारले चार चरणमा सम्पूर्ण प्रतिबन्ध हटाउने, अगष्ट १ देखि कतार आउन पाइने

योगेन्द्र योगी

दोहा। कोरोना भाइरसको जोखिम कम गर्न कतारले विभिन्न क्षेत्रमा लगाउदै आएको प्रतिबन्ध चार चरणमा तीन महिना भित्र क्रमिक रुपमा हटाउने भएको छ।

विशेष सावधानी अपनाउँदै सेप्टेम्बरसम्म मुलुकलाई सामान्य तर्फ लैजाने विपत व्यवस्थापन समितिकी प्रवक्ता लोल्वाह बिन्त रशिद अल खतेरले पत्रकार सम्मेलन मार्फत जानकारी दिएकी छिन्।

पहिलो चरणमा जुन १५ देखि केही मस्जिदहरू, केही सपिङ सेन्टरहरू, केही पार्कहरू, केही निजी स्वास्थ्य संस्थाहरू लगायत खोलिने छ। २० प्रतिशत कामदारहरूले सबै सावधानीका आवश्यकताहरूका साथ काम शुरु गर्ने छन्।

कतार बाहिरको यात्रामा अत्यन्त जरुरी भएमा र जो कोही दोहा फर्किएमा उनीहरूले व्यक्तिगत खर्चमा १४ दिनसम्म होटल क्वारेन्टाइनमा बस्नु पर्ने छ।

दोश्रो चरण जुलाई १ देखि सीमित घण्टाको लागि महलहरू खोलिने छ भने सीमित क्षमता र विशिष्ट घण्टाको लागि बजारहरू खुल्दै जाने छन्। कम क्षमताको साथ सीमित रेस्टुरेन्टहरू खोलिने छन् भने सीमित क्षमता र विशिष्ट घण्टाको लागि सङ्ग्रहालय र पुस्तकालयहरू खोलिने छ।

तेश्रो चरण अगष्ट १ देखि बिनानस्थल, किनमेल गर्ने सम्पूर्ण मार्केटहरु, स्वास्थ्य क्लब, फिटनेस हल, पौडी पोखरी, सैलुन र मसाज केन्द्रहरू खोलिने छ भने कोराना भाइरस कम भएका देशहरूबाट छुट्टी रहेका कामदारहरू कतार फर्किन पाउने छन् भने आएपछि १४ दिनसम्म अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नु पर्ने छ।

यी प्रतिबन्ध हटेपनि अनिवार्य रुपमा माक्स लगाउनु पर्ने छ भने सामाजिक दूरी पनि कायम गर्नु पर्ने छ। चौथो चरणमा स्थिति सामान्य बन्दै गएपछि सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाइने प्रवक्ता अल खतेरले बताइन्।

पहिलो चरण – जुन १५

सिमित मस्जिदहरु मात्र खुल्ने, आवश्यक सावधानी अपनाएर कार्यस्थलमा २० प्रतिशत कामदारले काम गर्न पाउने,  निजि डुङ्गा चलाउन पाउने, अति आवश्यक हुनेलाई मात्र कतार बाहिरीन दिने,कतार फर्कनेले आफ्नै खर्चमा तोकिएको होटलमा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने ।
आकस्मिक सेवा संगै निजि मेडिकलले ४० प्रतिशत सेवा संचालन गर्न पाउने, व्यायामका लागि केही पार्कहरु खुल्ने । त्यस्तो स्थानमा १२ वर्ष भन्दा कम बालबालिकालाई निषेध गरिने, ३०० वर्ग मिटर भन्दा माथिका केही सपिङ सेन्टर ३० प्रतिशतले खुल्न दिने । खुला क्षेत्रमा खेलकुद अभ्यास गर्न पाइने । ठुलो हल भित्र ५ जना भन्दा कम खेलाडीलाई खेल्न अनुमति दिइने साथै

दोस्रो चरण – जुलाई १

सिमित समयका लागि मलहरु खुल्न दिइने, मार्केट तथा होलसेल मार्केट सिमित समयका लागि खुल्न दिइने, कम मानिस जम्मा हुने केही रेस्टुरेन्टहरु खुल्ने, संग्रहालय र लाइब्रेरी सिमित मानिसका लागि सिमित समयका खोलिने, आवश्यक सावधानी अपनाएर कार्य क्षेत्रमा ५० प्रतिशत कामदारले काम गर्न पाउने, निजि मेडिकलहरु ६० प्रतिशत क्षमताले खुल्न पाउने, एउटै परिवारका १० जना सम्म भएर डुङ्गा चलाउन पाउने, सम्पूर्ण पार्क,बिच तथा कर्नेश खुल्ने र १० जना भन्दा कमले खुला क्षेत्रमा तथा जिम सेन्टरमा अभ्यास गर्न पाउने ।

तेस्रो चरण – अगस्ट १

१४ दिन क्वारेन्टाइनमा बस्ने गरि प्राथमिकतामा रहेका यात्रुहरु कतार आउन पाउने । जस्तै : आप्रवासी कामदार । सम्पूर्ण सपिङ सेन्टरहरु खुल्ने, होलसेल मार्केटहरु सिमित क्षमता संगै सिमित समयका लागि खुल्ने, ग्राहक बढाएर केही रेस्टुरेन्टहरु खुल्न दिने, ड्राइभिङ स्कुलहरु खुल्न दिने, नर्सरी र चाइल्ड केयर सेन्टर खुल्ने, शैक्षिक सस्था भने सेप्टेम्बर देखि मात्र खुल्ने, सावधानी अपनाएर ८० प्रतिशत कामदारले काम गर्न पाउने ।, ५० प्रतिशत ग्राहक क्षमता घटाएर हेल्थ क्लब,जिम सेन्टर,स्विमिङ पुल,ब्युटि पार्लर,मसाज सेन्टर र सैलुन खोल्न पाउने । दर्शक बिना खेलकुद प्रतियोगिता आयोजना गर्न पाउने ।, निजि मेडिकलहरु ८० प्रतिशत क्षमताले खुल्न पाउने ।

चौथो चरण – सेप्टेम्बर १

सम्पूर्ण सपिङ सेन्टरहरु, होलसेल मार्केट, रेस्टुरेन्टहरु संग्रहालय तथा लाइब्रेरीहरु, सावधानी आनाएर १०० प्रतिशत कामदारले काम गर्न पाउने । निजि मेडिकलहरु पूर्ण रुपमा खुल्ने । ठुलो डुङ्गा चल्न पाउने । सावधानी अपनाएर उडान विभिन्न देशमा विस्तार हुने । सिमित मात्रामा सार्वजनिक सवारी साधन चल्ने । जस्तै : मेट्राे, बस आदि । शैक्षिक संस्था खुल्ने । दर्शक सहित खेलकुद प्रतियोगिता आयोजना गर्न पाउने भएका छन्।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…