आगामी आर्थिक बर्षमा १३ सय मेघावाट बिजुली राष्ट्रिय प्रशारण लाइनमा थप हुन्छ : ऊर्जामन्त्री पुन

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्षमा १३ सय मेघावाट बिजुली राष्ट्रिय प्रशारण लाइनमा थप हुने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिदै मन्त्री पुनले आगामी आर्थिक बर्ष बिभिन्न जलबिद्युत आयोजनाहरु सम्पन्न हुने र १३ सय मेवा थप बिद्युत राष्ट्रिय प्रशारण लाइनमा थपिने बताएका हुन् ।

यस बर्ष एक हजार मेघावाट उत्पादन गर्ने भनिएतापनि बिभिन्न कारणले दुईसय मेघावाट बिजुलीमात्र उत्पादन गर्न सकिएको जानकारी दिए । उनले स्थानीय बजारका साथै अन्य देशमा पनि बिजुलीको बजार बिस्तार गर्न पनि पूर्वाधार तयार भइरहको धारणा राखे । उनले बिद्युतको पहुँचलाई बढाउनका लागि बिभिन्न कार्यक्रमको तर्जुमा गरिएको बताए ।

आगामी आर्थिक बर्षमा ग्रामिण बिद्युतिकरणलाई विस्ता गर्न सोलार मिनिग्रीडलाई प्राथमिकतामा राखिएको उनले जनाएका छन् । बिधुतीय गाडीलाई प्रोत्साहन गर्न ५० वटा चार्जिङ सेन्टरको स्थापना गरिने उनले बताए । उनले बिद्युतिय उर्जाले अन्य उर्जालाई विस्थापित गर्दै र बिद्युत उर्जालाई बढावा दिने नै मन्त्रालयको रणनीति रहेकोे स्पष्ट पारे ।

पूर्वाधार अभावका कारण उद्योग क्षेत्रमा बिजुली पुराउन नसकेको भन्दै पूर्वाधार निर्माणमा ध्यान दिइने मन्त्री पुनको भनाई छ । १० युनिटसम्म बिद्युत खपत गर्नेलाई रकम मिनाहा गर्ने प्रस्ताव गरिएको उनले जानकारी दिए । त्यस्तै मन्त्री पुनले कृषि क्षेत्रलाई प्रोत्साहन गर्नका लागि सिंचाइ आयोजनालाई सरकारले प्राथमिकतामा राखिएको जिकिर गरे ।

सतह र भूमिगत सिंचाइ निर्माण कार्यले उत्साहपूर्ण रुपमा भएको मन्त्री पुनको भनाई छ । राष्ट्रिय गौरवका सिंचाइ आयोजनाहरु पुरा गर्दा थप दुई प्रतिशत ग्राहस्थ उत्पादनमा सहयोग पुग्ने भएकाले यस क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको उनले बताए ।

बैठकमा मन्त्री पुनलाई प्रतिप्रश्न गर्दै सांसद ज्ञानेन्द्र बहादुर कार्कीले बर्षायामको खेर जाने बिद्युतलाई कसरी उपयोग गर्न सकिन्छ भन्दै प्रश्न गरेका थिए । त्यस्तै अन्य सांसदहरुले बिभिन्न बिषयमा मन्त्री पुनलाई प्रश्न गरेका थिए ।

उनीहरुको जवाफमा मन्त्री पुनले बिद्युत एक्सचेन्जको अवधारणमा अघि बढिएको जनाए । त्यस्तै घरेलु प्रयोजनका लागि पनि प्रोत्साहन गर्ने र बिद्युतको खपत बढाउने कार्ययोजना निर्माण गरिएको उनले बताए ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…