लिम्पियाधुरा नेपालको होइन भन्ने सरिता गिरीलाई तत्काल नागरिकता खोसेर देश निकाला गर्न माग

काठमाडाैँ । लिम्पियाधुरा नेपालको भूमि नै होइन भन्ने जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीलाई नागरिकता खोसेर तत्काल देश निकाला गर्न सामाजिक सञ्जाल प्रयोगकर्ता विभिन्न क्षेत्रका महत्वपूर्ण वयक्तिले नै माग गरेका छन । पत्रकार ऋषि धमालासँग कुरा गर्दै लिम्पियाधुरा नेपालको भूमि हो भन्ने प्रमाण माग्दै भारतीय भएको दाबी गर्ने गिरीको नागरिकता खोसेर देश निकाला गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा माग देखिएको हो ।

राजनीतिक नेता, पत्रकार, व्यवसायी देखि चिकित्सकसम्मले गिरीको अभिव्यक्तिमाथि कडा प्रतिक्रिया जनाएका छन । राप्रपा अध्यक्ष कमल थापाले उनीले संसदमा रहने नैतिकता गुमाएको बताएका छन । उनले भनाइ फिर्ता लिने वा संसद पदबाट राजिनामा दिने दुइ मध्येको एक विकल्प रोज्नुपर्ने बताएका छन ।

पाको प्रतिक्रिया 

यस्तै २०५५ सालमा कालापानी मार्चमा समेत सहभागी भएका नेकपाका युवा नेता अुनजकुमार श्रेष्ठले गिरीलाइ तत्काल देश निकाला गर्न माग गरेका छन । उनले लिम्पियाधुरा नेपालको भूमि हो भन्नेमा विश्वास गर्न नसक्ने गिरी राष्ट्रघाती भएकाले तुरून्तै देश निकाला गर्नुपर्ने माग गरेका छन । श्रेष्ठले लेखेको प्रतिक्रया तल हेर्न सक्नुहुन्छ ।

यस्तै प्राध्यापक समेत रहेका चिकित्सक डा सुधांशु केसीले लिम्पियाधुरासहितको नेपालको नक्सा होइन भनेर भारतीय पक्षको वकालत गर्ने गिरी कुन अाधारमा संसदमा रहिरहने भन्ने प्रश्न गरेका छन । केसीको प्रश्न तल हेर्न सक्नुहुन्छ ।

त्यस्तै पर्यटन व्यवसायी प्रदीप अाचार्यले पनि गिरीलाइ तत्काल देश निकाला गर्न माग गरेका छन । उनले गिरीले दिएको अभिव्यक्ति संविधान विपरित रहेको भन्दै भाजपाका नेताको भन्दा तल्लोस्तरमा देशकाविरूद्धमा टिप्पणी भएको बताएका छन । उनले गिरी माथि राज्यद्राेहकाे मुद्वा लगाएर भरत फर्काउनुपर्ने बताएका छन ।

यस्तै पत्रकार हेमराज सिललालले पनि लिम्पियाधुरा नेपालको होइन भन्ने गिरीको नागरिकता खोसेर बिहार पठाउन माग गरेका छन । उनले लेखेको प्रतिक्रिया तल हेर्न सक्नुहुन्छ ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…