के पहिल्यै भ्याक्सिन बनाएर विश्वलाई ढाँटिरहेको छ चीन ? अचानक कुरा किन फेरियो ?

काठमाडौं। के चीनले पहिल्यै भ्याक्स्नि बनाइसकेको छ र विश्वसँग झुट बोलिरहेको छ ? बेलायतका लागि चिनियाँ राजदूतले लण्डनमा एक कार्यक्रममा दिएको बयानलाई लिएर अहिले यो आशंका उब्जिएको छ ।

लण्डनमा आयोजित एक बैठकमा चिनियाँ राजदूतले आफ्नो देशले भ्याक्सिन तयार गरेको जानकारी दिए । तर, पछि चीन यो कुराबाट ब्याक भएर कुरा फेरेपछि अहिले चीन फेरि शंकाको घेरामा आएको छ ।

बेलायती अखबार डेलीमेलका अनुसार चिनियाँ राजदूत लिउ जियाओमिंगले बैठकमा भनेका थिए ‘हामी भ्याक्सिनको चौथो चरणको ट्रायलमा पुगेका छौं । हामी यो भ्याक्सिन विश्वलाई उपलब्ध गराउन चाहन्छौं ।’ चौथो चरणको ट्रायलको अर्थ हो भ्याक्सिन धेरै हदसम्म सफल भइसक्यो र यो अब ठूलो जनसंख्याको लागि दिन तयार भइसकेको छ ।

पछि अखबार डेलीमेलले लण्डनस्थित चिनियाँ दूतावाससँग राजदूतको यो बयानबारे सोध्दा अखबारलाई एक ट्रान्सक्रिप्टको लिंक पठाइयो । रिपोर्टका अनुसार ट्रान्सक्रिप्टमा राजदूतका शब्दहरुलाई बदलेर भ्याक्सिन ‘दोस्रो चरण’मा भएको लेखिएको थियो । तर, डेलीमेलका अनुसार राजदूत जियाओमिंगले बैठकमा अंग्रेजीमा बोलेका थिए ।

रेकर्डिङमा उनले भ्याक्सिन चौथो चरणमा पुगेकोबारे बताइरहेको सुन्न सकिन्छ । केही अन्य मिडिया रिपोर्टमा चीनले आफ्नै राजदूतको भनाइलाई सेन्सर गरेको दावी गरिएको छ ।

बैठकमा बेलायतको उद्योग जगत र औषधी कम्पनीका शीर्ष प्रतिनिधिहरुले भाग लिएका थिए । उनीहरु राजदूतको कुरा सुनेर छक्क परेका थिए । चिनियाँ राजदूत जियाओमिंगले बैठकमा प्रस्ट रुपमा भनेका थिए कि चीन भ्याक्स्नि विकासको उन्नत चरणमा पुगिसकेको छ । चीनको पछिल्लो व्यवहारपछि उसले अहिले नै पश्चिमा देशहरुलाई आफू भ्याक्सिन विकासमा धेरै अगाडि रहेको जानकारी दिन नचाहेको मानिएको छ ।

केही रिपोर्टमा यो पनि दावी गरिएको थियो कि चीनले कोरोनाभाइरसँग सम्बनिधत जानकारी विश्व स्वास्थ्य संगठनलाई दिन जनवरीमा ढिलाइ गरेको थियो । यद्यपि डब्लुएचओ र चीनले यी आरोपलाई खारेज गरेका थिए । यसअघि गत महिना राजदूत जियाओमिंगले भनेका थिए ‘हामी चाहन्छौं कि भ्याक्सिन उपलब्ध होस् र गरिब तथा कम विकसित देशलाई उपलब्ध होस् । हामी सधैं यो मान्छौं कि कोभिड १९ ले विश्वलाई नजिक ल्याएको छ । हामी मानवताको साझा भविष्यमा विश्वस गर्छौं ।’

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…