कोरोना भाइरसबाट कतारमा चार नेपाली कामदारले ज्यान गुमाए

दोहा। कतारमा कोरोना भाइरस सङ्क्रमणबाट अहिलेसम्म चार नेपालीको मृत्यु भएको छ । कतारस्थित नेपाली दूताबासका अनुसार मृत्यु हुने ४ मध्ये २ जनाको अन्य रोग देखिए पनि मृत्युको प्रमुख कारण कोरोना नै भएको जनाएको छ ।

नेपालमा लक डाउन भएपछि कतारमा ४ जनाको कोरोनाको कारण मृत्यु भएको र अन्य ३६ जनाको विभिन्न कारणले मृत्यु भएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म ९ वटा शव कतारमै दाहसंस्कार गर्न परिवारबाट सहमति प्राप्त भएको र ३ जनाको दाहसंस्कार सम्पन्न भईसकेको छ ।

कतारमा कोरानाबाट सङ्क्रमण हुनेको सङ्ख्या ७० हजार १ सय ५८ पुगेको छ । अहिलेसम्म ४५ हजार ९ सय ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने कोरोनाको कारण अहिलेसम्म ५७ जनाले ज्यान गुमाईसकेका छन् ।

यता, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा गठित कोरोना उद्दार तथा राहत बितरण समितीले कतारको गृह मन्त्रालय मार्फत कतार च्यारिटीबाट प्राप्त खाद्यान्न सोह्रौं चरणमा कतारको विभिन्न ठाउँमा रहेका र खाद्यान्नको समस्यामा रहेका ५०६ जना पीडित नेपाली श्रमिकहरुलाई खाद्यान्न वितरण गरिएको गैर आवासिय नेपाली संघ कतारका प्रथम उपाध्यक्ष एबम उद्दार तथा राहत समितीका संयोजक उत्तम गुरुङ्गले जानकारी दिएका छन् ।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…