अर्को आर्थिक वर्षदेखि मेलम्चीबारे प्रश्न उठाउने अवस्थाको अन्त्य हुन्छ : खानेपानी मन्त्री

काठमाण्डौ । खानेपानीमन्त्री बिना मगरले आउँदो आर्थिक वर्षदेखि मेलम्चीको बारेमा प्रश्न उठाउने अवस्थाको अन्त्य हुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्री मगरले मेलम्चीमाथि वर्षौंदेखि उठ्दै आएका प्रश्नको बिट मार्ने समय छिट्टै आउने बताउनुभयो ।

उहाँले आउँदो आर्थिक वर्ष मेलम्चीको पहिलो चरणको भौतिक निर्माणको काम सम्पन्न हुने र काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको क्षेत्रभित्र मेलम्चीको पानी वितरण गरिने दाबी गनुर्भभयो ।

दोस्रो चरणमा उपत्यकाका अन्य क्षेत्रमा र चक्रपथभन्दा बाहिरको क्षेत्रमा अहिले प्रयोग हुँदै आएको मुहानबाट पानी वितरणको व्यवस्था गरिने उहाँले बताउनुभयो । उहाँले आउँदो आर्थिक वर्षको सुरुमै मेलम्चीको सुरुङको परीक्षण गरिने समेत बताउनुभयो ।

तराई क्षेत्र खासगरी प्रदेश नम्बर दुईमा खानेपानीमा आर्सनिक समस्या रहेको र त्यसको समाधानका लागि तत्कालीन र दीर्घकालीन योजनासहित अगाडि बढेको मन्त्री मगरको भनाइ छ ।

वास प्लानअनुसार तत्कालीन अवस्थामा समाधान गरिने र दीर्घकालीन रुपमा मेचीदेखि महाकालीसम्मका खोलाहरुलाई सम्भाव्यता अध्ययन गर्ने र सम्भव भएकालाई आउँदो आर्थिक वर्षदेखि डीपीआर कार्यान्वयनमा लैजाने गरी कार्यक्रम तय भएको मगरले जानकारी दिनुभयो ।

देशैभर लागु हुनेगरी खानेपानीको वास प्लान विकास गरिने र त्यसैको आधारमा खानेपानीका आयोजना तय गरिने उहाँले भन्नुभयो ।

आउँदो आर्थिक वर्ष भित्रमा ९४ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच पुर्याउने लक्ष्यसहित कार्यक्रम अगाडि बढाइएको उहाँले बताउनुभयो ।

उहाँले इतिहासमै पहिलो पटक खानेपानी विधेयक संसदमा प्रस्तुत भएको र छिट्टै कानुनको रुपमा आउने विश्वास समेत व्यक्त गर्नुभयो ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…