चुनाव लड्न नपर्ने अर्थमन्त्रीले सरकार र पार्टीको विचारधारलाई संकटमा पार्दैछन् : नवीना लामा

काठमाडौँ। अर्थमन्त्री युवराज खतिवडाले सरकार र पार्टीको विचारधारलाई संकटमा पार्दै लगेको सांसद नवीना लामाले बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले शिक्षाबारे अर्थमन्त्रीले लिएको नीतिको आलोचना गर्दै नेकपाको घोषणापत्र र संविधान हेर्न सुझाव दिएकी छन् ।

मन्त्री खतिवडालाई लक्षित गर्दै लामाले भनिन्, ‘अर्थमन्त्री चुनावमा लड्नु हुँदैन भनेर होला सरकार र पार्टीको विचारधारालाई समेत संकटमा पार्ने काम गर्नु हुँदैनथ्यो । अर्थमन्त्रीज्यू, यस्तो काम कहिले पनि गर्नु हुँदैन ।’

बजेटको १६६ धारामा सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नती गर्ने जिम्मेवारी नीजि क्षेत्रबाट संचालित विद्यालयलाई दिने भन्ने उल्लेख छ । उक्त योजना आफूले प्रस्ताव नगरेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विज्ञप्ति जारी गरेर जानकारी गराएका छन् । उक्त योजनाको प्रतिरक्षा अर्थमन्त्री खतिवडाले गर्दै आएका छन् । त्यसैले उनी सांसदहरूको आलोचनाको केन्द्रमा परेका हुन् ।

सांसद लामाले मन्त्रीद्वय खतिवडा र पोखरेलले उक्त योजनाका लागि संसदमा आत्मआलोचनासहित माफी माग्नुपर्ने बताएकी छन् । ‘त्यो नीति नेकपाको विचारधारा विपरीत छ । शिक्षा र अर्थमन्त्रीले संसदमा आत्माआलोचनासहित माफी माग्नुपर्छ,’ उनले सरकारलाई प्रश्न गरिन्, ‘नेकपाको समाजवादको शिक्षानीति यहिँ हो ?’ यो नीति मूला रोपेर आलु फलाउने भनेर दिएको गफजस्तो भएको उनको टिप्पणी थियो ।

लाखौं विद्यार्थी एसईई परीक्षा र कक्षा कहिले संचालन होलान् भनेर निराश हुँदै कुरिरहेको अवस्थामा बजेटले त्यसबारे केही कुरा उल्लेख नगरेको उनको भनाइ थियो ।

बजेटबारे लामाको टिप्पणी थियो, ‘नेपालको संविधानले समाजवाद स्थापना गर्ने भनिराख्दा, चुनावी घोषणापत्र स्मरण गरिराख्दा यो बजेट दुवै कोणबाट च्युत भएको देखिन्छ ।’ संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य भनेको तथा निजी क्षेत्रबाट संचालित शैक्षिक संस्थाहरूलाई नियमन गर्ने एवं सेवामुखी बनाउने भनिरहेका बेला शिक्षाबारे बजेटले लिएको नीति सही नभएको बताइन् ।

केही नयाँ विश्वविद्यालय स्थापना गर्ने घोषणा सही भएको तर भएका विश्वविद्यालयलाई कसरी राम्रो बनाउने भन्ने नीति नभएको उनले बताइन् ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…