जसपामा बाबुरामको अपमान : दोस्रो बरियताबाट हटाएर चौथो नम्बरमा राखियो

काठमाडौं । बैशाख १० गते एकिकरण गर्ने सहमति गरेका तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर गठन भएको जनता समाजवादी पार्टी (जसपा) ४५ दिनपछि निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको छ । आइतबार दुई जना अध्यक्ष रहने गरी जसपा निर्वाचन आयोगमा दर्ता भएको हो ।

कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् । यसअघि संघीय परिषद अध्यक्ष बनाउने सहमति भएपनि डा. बाबुराम भट्टराईलाई अन्तिम समयमा आएर बरियाता क्रमको चौथो नम्बरमा राखिएको छ ।

निर्वाचन आयोगमा दर्ता हुन जानुअघि डा. भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने सहमति भएको थियो । तर, निर्वाचन आयोगमा दर्ता गर्ने क्रममा दोस्रो बरियतामा रहेको भट्टराईको नाम टिपेक्सले मेटेर चौथो बरियतामा पु¥याइएको छ । डा.भट्टराई यसअघि तत्कालिन समाजवादी पार्टीमा पहिलो बरियातामा थिए ।

समाजवादी पार्टीमा आफुभन्दा दुई बरियता तल रहेका अशोक राई भन्दा पनि एकीकृत पार्टीमा भट्टराईलाई तल पारिएको छ । जसपामा भट्टराई एक मात्र पूर्व प्रधानमन्त्री हुन्।

तत्कालिन माओवादीबाट अलग भई नयाँशक्ति गठन गरेका भट्टराईले गत निर्वाचनमा नेपाली कांग्रेससँगको गठबन्धनमा गोरखाबाट निर्वाचित भएका थिए । भट्टराईको तत्कालिन नयाँशक्तिले राष्ट्रिय दलको समेत मान्यता नपाएपछि तत्कालिन संघीय समाजवादी फोरमसँग पार्टी एकीकरण गरेका थिए । एकिकृत पार्टीमा भट्टराई पहिलो बरियतामा थिए ।

वैशाखमा सरकारले राजनीतिक दल विभाजन सम्बन्धी र संवैधानिक आयोगकका सदस्यका (काम, कर्तव्य र अधिकार) संबन्धी संशोधन अध्यादेश जारी गरेपछि विभाजनको संघारमा पुगेको समाजवादी पार्टी र राजपा बीच एकता गर्न रातारात डा. भट्टराईले ठूलो भूमिका खेलेका थिए ।

दुई दलबीच बैशाख १० गते पार्टी एकता गर्ने सहमति भएको थियो । पार्टी एकता गर्ने घोषणा गरेको ४५ दिनसम्म नेतृत्वको विषयमा लामो रस्साकस्सी चलेपछि आइतबार जसपा निर्वाचन आयोगमा विधिवत दर्ता त भयो तर, एकीकरणको भूमिका खेल्ने बाबुराम भट्टराईको हैसियत चौथो नंम्बरमा पुगेपछि भट्टराई पक्षधरहरु असन्तुष्ट बनेका छन्।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…