कोरोना लापरबाही : कोरोना रिपोर्ट पोजिटिभ आएका पाँचजना संक्रमितलाई घर पठाइयो

दाङ।  दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत पाँचजना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरुको रिपोट पोजिटिभ देखिएकै अवस्थामा डिस्जार्च गरिएको हो। भने ५ जना नेगेटिभ रिपोर्ट आए पछि डिस्चार्ज भएका छन्।

बाँकेको नरैनापुर गाउँपालिकाका ३ र बर्दियाका एक जना र दाङको एक जनाको रिपोर्ट नेगेटिभ आएको बेलझुण्डी कोरोना विषेश अस्पतालका मेसु डा‍ सर्वेश शर्माले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार अस्पतालका १४ दिन भन्दा बढी बसेका र कुनैपनि लक्षण नदेखिए रिपोर्ट पोजिटिभ नै रहे पनि घर पढान सकने निर्देश भए अनुसार दाङका ५ जनालाई डिस्चार्ज गरिएको मेसु सर्वेस शर्माले जानकारी दिए।

मन्त्रालयले जेठ २० गते जारी गरेको निर्देशनमा आइसोलेनमा १४ दिनभन्दा बढी समय बस्दै आएका तर कुनै पनि लक्षण नभएका व्यक्तिलाई डिस्चार्ज गर्न निर्देशिका जारी गरेको छ।

कुनै लक्षण नभएका तर आइसोलेसनमा बसेका बिरामीबाट अरूमा कोरोनाभाइरस सर्न सक्दैन भन्ने मान्यता अनुरूप स्वास्थ्य मन्त्रालयले त्यस्तो निर्देशिका जारी गरेको शर्माले भने। कोरोना पोजिटिभ देखिएर पनि घर जानेहरुमा बाँके नरैनापुरका ३ जना, दाङको १ जना र बर्दियाको १ जना रहेका छन्।

अस्पतालबाट बाँकेका ५, बर्दियाका १, कपिलवस्तुका २ र दाङका २ जना आइतबार डिस्चार्ज भएको अस्पतालमा मेसु शर्माले बताए। दाङको घोराही उपमहानगरपालिका र गढवा गाउँपालिकाका १/१ जना रहेका छन।

रिपोर्ट अनुसार डिस्चार्ज हुनेमध्ये दाङको घोराही उपमहानगरपालिका ३ का ३७ वर्षीय युवा कोरोनामुक्त छन्। गढवाका सक्रमणमै घर गउका छन्। उनीहरु सबै जना १४ देखि २१ दिन पहिले उपचारका लागि अस्पताल आएका थिए।

डिस्चार्ज गरिएका सबैका अस्पताल बस्दासम्म कुनै लक्षण नदेखिएका अस्पतालका व्यवस्थापक दोर्ण ओलीले बताए। अब अस्पतालमा ५४ जना रहेका छन।

पोजिटिभ देखिएर घर पठाइएकाहरुको स्वास्थ्यमा कुनै समस्या भएमा अस्पताल आउने गरि व्यवस्था मिलाइएको छ।

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…