क्रिप्टाेकरेन्सी खुला गर्ने अर्थमन्त्री खतिवडाको यस्ताे चाहना

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले क्रिप्टाेकरेन्सी खुला गर्ने इच्छा देखाएका छन् । नेपाल राष्ट्र बैंकले भर्चुअल प्रकारका कुनैपनि मुद्राकाे काराेबार वा माइनिङ प्रतिबन्ध लगाएकाे अवस्थामा अर्थमन्त्री खतिवडाले यस्ताे चाहना अघि सारेका हुन् ।

नेपाल धिताेपत्र बाेर्डकाे २८ औँ वार्षिकोत्सव समाराेहलाई सम्बाेधन गर्दै खतिवडाले बदलिँदाे परिस्थितिमा हाम्राे काराेबारहरु भर्चुअल मुद्राबाट समेत गर्नुपर्ने अवस्था देखिएकाे भन्दै त्यसलाई समेत अघि बढाउनेगरी वित्तीय क्षेत्रका नियमनकारी निकायहरुले समन्वय र क्षमता अभिवृद्धि गर्नुपर्ने धारणा राखे ।

‘हामीले भर्चुअल करेन्सीजस्ताे क्राउड साेर्सिङदेखि क्लाउड साेर्सिङसम्मकाे प्रयाेग गरेर जानु पर्नेछ, यसका लागि हामीले हाम्राे क्षमता बढाउनुपर्छ, बजारमा साक्षरता पनि बढाउनुपर्छ’ अर्थमन्त्री खतिवडाले भने ।

अहिले विश्वमा बिटक्वाइन, इथेरेम जस्ता हजाराैं क्रिप्टाेकरेन्सीहरुकाे प्रचलन छ । नेपालमा ३ वर्षअघिदेखि यस्ता करेन्सीमार्फत् काराेबार र माइनिङ समेत प्रतिबन्ध लगाइरहेकाे छ । भारतमा भने सर्वाेच्च अदालतकाे आदेशपछि ३ महिना अघि मात्रै यस्ताे प्रतिबन्ध हटेकाे छ ।

कार्यक्रममा खतिवडाले हाम्राे पुग्नुपर्ने गन्तव्य त्याे भए पनि अहिले पुँजीबजारमा साक्षरता समेत निकै कम भएकाे भन्दै त्यसमा जाेड दिन आग्रह समेत गरे । ‘हामीले संरचनागत र कानूनी सुधार गर्द‌गर्दा बजारकाे साक्षरता नै पुगेकाे छैन, साक्षरता बढाएर पुँजी परिचालन गर्ने हाे भने पुँजीबजारकाे काराेबार बढेर यहीँ पर्याप्त तरलता थपिन्छ, बाहिरबाट आउन‌ै पर्दैन’ उनले भने ।

खतिवडाले कमाेडिटिज बजारकाे सञ्चालन र नियमनलाई छिटाे अघि बढाउन बाेर्डलाई निर्देशन समेत दिए । वस्तु विनिमय बजार तत्कालकाे लागि सम्भाव्य नभएजस्ताे देखिए पनि दीर्घकालमा याे निकै महत्वपूर्ण रहेकाे उनकाे भनाइ थियाे ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…