सरिता गिरीलाई लक्षित गर्दै संसदमा ‘भारतीय चेली’ भन्ने शब्द प्रयोगबारे छानबिन हुने

२५ जेठ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई लक्षित गर्दै नेकपा सांसद गंगा चौधरी सत्गौवाले प्रयोग गरेको ‘भारतीय चेली’ शब्दबारे छानबिन गर्ने बताएका छन् ।

आइतबारको बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी सांसद चन्दा चौधरीले ‘भारतीय चेली’ शब्द रेकर्डबाट हटाउन माग गरेपछि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने बताएका हुन् ।

चौधरी बोलिरहँदा उनलाई रोक्दै सभामुख सापकोटाले यस विषयमा आफूले रुलिङ गरिसकेको र कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने बताए । सापकोटाले भने, ‘यो विषयमा मैले रुलिङ गरिसकेको छु, सबै विवरण लिएर कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्छु । त्यो विषयमा नजानुहोला ।’

तर सांसद चौधरी रोकिइनन्, उनले नेपाल भारतबीच सदियौंदेखि विवाह सम्बन्ध कायम रहिरहेको भन्दै कुनै पनि भाषा, भेष, संस्कृति, राष्ट्रियता र मधेसका इतिहासका विषयलाई सामान्य रुपमा नलिन आग्रह गरिन् ।

आफूहरुले संसद नियमावलीको व्यवस्थाअनुसार हिन्दीमा सपथ लिएको र हिन्दीमा बोलिरहेको पनि बताइन् ।

सांसद चौधरीले बोलिसकेपछि सभामुख सापकोटाले यो प्रकरणमा सबै विवरण पल्टाएर हेर्ने र कार्यव्यवस्था परामर्श समितिमा सबैको यथोचित छानबिन हुने पनि बताए । उनले बोल्ने क्रममा व्यक्तिगत टीका टिप्पणी नगर्न र आरोप प्रत्यारोपमा नउत्रिन पनि सांसदहरुलाई आग्रह गरेका छन् ।

सांसदहरुलाई प्रतिनिधिसभा नियमावलीको नियम २१ को (म) को ख्याल गर्न पनि उनले आग्रह गरे । उक्त नियममा भनिएको छ, ‘अशिष्ट, अश्लील, अपमानजक, आपत्तिजक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकुल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न नहुने’ उल्लेख छ ।

केही समयअघि समाजवादी पार्टीकी सांसद सरिता गिगरीले छिमेकी भारत र चीनसँग समेत वार्ता र संवाद गरेर मात्रै नेपालले नयाँ राजनीतिक नक्सा जारी गर्नुपर्ने बताएकी थिइन् ।

त्यसको प्रतिवाद गर्दै संसदमै नेकपाकी सांसद गंगा चौधरी सत्गौवाले नेपालले आफ्नो देशको नक्सा जारी गर्न छिमेकीलाई सोध्नुपर्ने ? भन्दै प्रश्न गरेकी थिइन् । त्यसक्रममा चौधरीले ‘भारतीय चेलीको दादागिरी संसदमा देखिएको’ बताएकी थिइन् ।

समाजवादी र राजपाका सांसदहरुले चौधरीको उक्त अभिव्यक्तिको विरोध गर्दै आएका छन् । समाजवादी पार्टीकी सांसद सरिता गिरीले चौधरीले प्रयोग गरेको ‘भारतीय दादागिरी’ शब्द हटाउन माग गरेकी छन् ।

सांसदहरुले लगातार यो विषय उठाउन थालेपछि सभामुख सापकोटाले सबै दलको प्रतिनिधित्व रहने कार्यव्यवस्था परामर्श समितिमा उक्त विषयमा छलफल गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । आफूलाई दुबै पक्षले यसबारे छलफलका लागि आग्रह गरेको समेत सभामुख सापकोटाले बताएका छन् । साभार : अनलाइनखबर 

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…