चीनमा एक बालक कोरोनाभाइरस एन्टीबडी लिएरै जन्मिएपछि चिकित्सकहरू छक्क

नको शेनजेनमा कोरोनाभाइरस एन्टीबडीका साथ बालकको जन्म भएको छ । आमाबाट प्राकृतिक तरिकाले शिशुमा यी एन्टीबडीहरू आएको चिकित्सकहरूको भनाइ छ ।

शेनजेन थर्ड अस्पतालका चिकित्सकले आमा र बच्चामाथि थप अध्ययन गर्ने बताएका छन् ।

गत अप्रिल महिनामा आमा कोरोना पोजिटिभ पाइएकी थिइन् । तर उनमा कोरोनाको लक्षण देखिएको थिएन । त्यतिखेर उनलाई १० दिनसम्म उपचार गरिएको थियो । बच्चा जन्माएपछि पुनः परीक्षण गर्दा आमा र शिशु दुवै कोरोना नेगेटिभ पाइए ।

महिलाले जेठ १६ गते शिशु जन्माएकी हुन् । उनी शेनजेनबाट हुबेई प्रान्त घुम्न गएको वेलामा संक्रमित भएकी थिइन् । हुबेईको वुहानबाट नै कोरोना महाव्याधि शुरू भएको थियो ।

चिकित्सकहरूका अनुसार, शिशुमा प्राकृतिक रूपले भाइरससँग लड्ने क्षमता छ ।

भारतमा एकैदिन १० हजार सङ्क्रमित

रोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या बढ्दै गइरहेको छ ।

सरकारी अधिकारीहरुले आइतबार सार्वजनिक गरेको विवरण अनुसार एकैदिनमा झण्डै दश हजार जना सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितहरुको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै रहेको जनाइएको छ ।

त्यसैगरी गएको २४ घण्टामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या पनि २८७ रहेको अधिकारीहरुले जनाएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने विवरणमा पछिल्लो विवरणमा नै सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन् ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या दुई लाख ४६ हजार ६२८ पुगेको छ ।

कुल सङ्क्रमितमध्ये एक लाख २० हजार ४०६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कुल मृतकको संख्या छ हजार ९२९ पुगेको छ भने एक लाख १९ हजार २९३ जना सङ्क्रमण मुक्त भइसकेका छन् ।

भारतका सबै प्रदेशहरुमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा सङ्क्रमित भेटिएका छन् । जहाँ ८२ हजार ९६८ जना सङ्क्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै सङ्क्रमित भएको तमिलनाडु प्रदेशमा कुल ३० हजार १५२ जना सङ्क्रमित भएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म देशभरी कुल ४६ लाख ६६ हजार ३८६ जनाको कोरोना परिक्षण गरिएको जनाएको छ । तीमध्ये एक लाख ४२ हजार ६९ जनाको पछिल्लो २४ घण्टा भित्र परीक्षण गरिएको थियो ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…