साउदीबाट स्वदेश फर्कन १० हजार नेपालीले निवेदन दिए, उडानको मिती नतोकिदा अन्योल

दोहा साउदी अरबबाट स्वदेश फर्किन पाउँ भन्दै जुन पाँचसम्म १० हजार भन्दाबढी नेपालीहरुले साउदीस्थित नेपाली दूताबास रियाद र महावाणिज्य दूताबास जेद्धामा निवेदन परेको साउदीका लागि नेपाली राजदूत डा: महेन्द्रप्रसाद सिंह राजपुतले जानकारी दिएका छन्।

जसमा ६ हजार ५ सय पीडितहरु रोजगारी गुमाएका, बहिर्गमन भिषा लिएर बसेका, भिजिट भिसामा आएका,नेपालमा आफन्त गुमाएकाहरु रहेको दूताबासले जनाएको छ ।

दूताबासले दिएको जानकारी अनुसार जुन पाँचसम्म कोरोनाबाट सङ्क्रमित हुने नेपालीहरुको संख्या १३ सय ६४ पुगेको छ भने अहिलेसम्म कोरोनाबाट ९ जना नेपाली नागरिकको मृत्यु भैसकेको जनाएको छ ।

धेरै सङ्क्रमित नेपालीहरु पनि निको भैसकेको जनाउदै दूताबासले पछिल्लो समयमा सम्बन्धित निकायबाट कुनै पनि जानकारी नआएको र जानकारी लिने कार्य भैरहेको जनाएको छ ।

गैर आवासिय नेपाली संघ साउदीले बिपदको घडीमा साउदी अरबमा कृयासिल नेपाली संघ-संस्थाहरु, सामाजिक अभियान्ताहरु, बुद्धिजीवी वर्ग लगायतका सबै सँग संयुक्त रूपमा हातेमालो गर्दै श्रमजिवि नेपाली बीच गठित सम्पूर्ण संघ संस्थाहरु एकजुट भएर संयुक्त रूपमा हातेमालो गरिरहेको एनआरएनए मध्यपुर्व उपसंयोजक राजेन्द्र अर्याल जानकारी दिएका छन् ।

एनआरएनए साउदीले साउदीको बिभिन्न स्थानमा कोरोनाबाट प्रभावित नेपालीहरुको सहयोगार्थ नेपाली दुताबास रियाद तथा महावाणिज्यदूतावास जेध्दासंग समन्वय गर्दै नेपाली कामदारहरुको जिबन रक्षा, स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई राहत स्वरुप खाद्यन सहयोग गर्दै आएको छैटौं हफ्ता पार गरिसकेको उनले बताए ।

एनआरएनए साउदीका अनुसार यो साता पिडामा परेका १२ जना महिला सहित थप ३१ जना पीडितलाई खाद्यान्न उपलब्ध हराएको जनाउदै हाल सम्म एनआरएनए साउदी समक्ष आएका ३१२ जना पीडितहरुलाई दूताबाससँग समन्वय तत्कालका लागि खाद्यान्न वितरण गरेको छ ।

साथै अहिलेसम्म ३ सय भन्दाबढी पीडितहरुको गुनासो आएको र नेपाली दूताबास रियाद र महावाणिज्य दूताबाससंग समन्वय गरी दूताबासकै पहलमा समस्या समाधान गरिएको एनआरएनए साउदीले जनाएको छ । नेपाल सरकारले समस्यामा परेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने तयारी गरिरहेको भएतापनि साउदी अरबको लागि उडानको मिती नतोकिएका कारण अझै अन्योलता रहेको छ ।

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…