कोरोना विरुद्ध लड्न बेलायतले नेपाललाई थप डेढ अर्ब सहयोग गर्ने

लन्डन। बेलायतले नेपाललाई कोरोना महामारी कोभिड १९ विरुद्घ लड्न सहयोग स्वरूप थप १० मिलियन पाउन्ड अर्थात करिव डेढ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ। बेलायत सरकारले नेपाल सहितका विकासोन्मुख राष्ट्रहरूको सहयोगमा एक सय मिलियन पाउन्ड प्रदान गर्ने घोषणा गरेको हो।त्यसमध्येबाट १० मिलियन नेपालको भागमा छुट्याएको यहाँस्थित कमनवेल्थ अधिकारीले जानकारी दिए।

बेलायत सरकारको डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग वितरण गरिनेछ। यो सहयोगअन्तर्गत नेपालका लागि १० मिलियन पाउन्डसम्म मिल्ने लन्डनस्थित नेपाली दूतावासले पनि जानकार िदिएको छ।

यसअघि बेलायतले कोरोना विरुद्घकै अभियानमा सहयोग स्वरूप नेपाललाई ८.२ मिलियन पाउन्ड अर्थात सवा अर्ब रुपैयाँ सहयोग प्रदान गरिसकेको थियो।

नेपालसँगको पुरानो मित्रतालाई ध्यानमा राखेर बेलायतले उक्त सहयोग उपलब्ध गराएको हो। बेलायतस्थित भूतपूर्व गोर्खा अभियन्ताले पनि महामारीका बेला नेपालका लागि सहयोगको पहल गर्न दूतावासलाई सुझाव दिँदै आएको छ।

बेलायत सरकारले डिफिडको माध्यमबाट हरेक वर्ष नेपाललाई ९२ मिलियन पाउन्ड अर्थात करिव १४ अर्व रुपैयाँ सहयोग गर्दै आएको छ। बेलायत आफै पनि कोभिड विरुद्घको लडाईमा रहेको भए पनि नेपाल जस्ता मुलुकमा उसको सहयोग निरन्तर रहेको छ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…