विदेशबाट फर्किने नेपाली नागरिकको सही व्यवस्थापन नभए परिस्थिति काबु बाहिर

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री वसन्त नेम्वाङले विदेशबाट आउने नागरिकको व्यस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए । विशेषतः भारतबाट आएका नागरिकहरूमा कोरोनाभाइरस सङ्क्रमण देखा परेको भन्दै परिस्थिति काबु बाहिर जान सक्ने प्रक्षेपण गरेका हुन् ।

नेम्वाङसहित प्रदेशको समन्वय गरिरहेका मन्त्रीहरूले शनिबार कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई भेटी समस्याबारे अवगत गराएका थिए ।

“विदेशबाट आउने नागरिकको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गयो,” उनले छलफलको आवश्यकताबारे प्रकाश पार्दै भने, “विदेशबाट आउने नागरिक थपिँदै जाँदा कोरोना नियन्त्रण कठिन बन्दै जान्छ । उनीहरू समुदायमा प्रवेश गरेपछि त्यसले ल्याउने परिणाम झनै डरलाग्दो हुन्छ । बेलैमा सोचविचार पुर्‍याउनु पर्ने अवस्था आयो ।”

प्रदेश नम्बर १ को समन्वय गरिरहेका नेम्वाङले भारतबाट स्थलमार्ग हुँदै आएका नागरिकलाई क्वारेन्टिन र परीक्षण गर्ने काम जटिल भइरहेकै छ, तेस्रो मुलुकबाट आएका नागरिकको व्यवस्थापन पनि समस्याग्रस्त हुने औंल्याए । त्यसको सङ्केत देखिइसकेको उनको दाबी थियो ।

“हामीले उपप्रधानमन्त्रीज्यूलाई यही कुरा राख्यौं । अहिले दूतावासमार्फत ४० हजार नागरिकको सूची तयार भएको छ । उद्धार गर्न थालेपछि यसमा बढोत्तरी आउँछ । भारतकै हालत हुन्छ । जसरी अहिले भारतले बिनापरिक्षण सीमामा ल्याएर छाडिरहेको छ । भोलि नाराजुलुस, धर्ना हुन थाल्छ । दूतावासअघिल्तिर नागरिक भेला हुन थाल्छन्, त्यतिबेला के गर्ने ? नल्याउने भन्ने कुरा हुँदैन । त्यसकारण यहाँको क्वारेन्टिनको क्षमता र स्तर दुवै बढाउनुपर्‍यो भन्यौं,” उनले भने ।

अहिले तेस्रो मुलुकबाट स्वदेश आउन चाहने र आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई सरकारले कोरोना परीक्षण गरेको प्रमाण अनिवार्य गरेको छ । तर, नेम्वाङ परीक्षण नगरेका नागरिकलाई पनि ल्याउनुपर्ने अवस्था आउनसक्ने औंल्याउँछन् ।

“आपतविपतमा परेका आफ्ना नागरिकलाई कोरोना जाँच गरेको प्रमाणपत्र देखाउ भन्ने कि, उद्धार गर्ने भन्ने प्रश्न आउन सक्छ, यतातिर पनि हाम्रो छलफल भयो,” उनले भने ।

उनले भारतसहित तेस्रो मुलुकबाट आएका नागरिकको व्यवस्थापनमा लाग्ने खर्चले सरकारले भनेजस्तो नहुने बताउँछन् । तेस्रो मुलुकबाट पहिलो चरणमा ल्याउन नागरिकले जहाजभाडा, होटल क्वारेन्टिनको खर्च आफैंले बेहोरे पनि दोस्रो, तेस्रो चरणसम्म पुग्दा बेखर्ची नागरिक उद्धार गर्नुपर्ने उनको भनाइ छ ।

“कतार, मलेसियाजस्ता श्रम गन्तव्य मुलुकबाट बढी नागरिक ल्याउनुपर्ने हुन सक्छ । उनीहरू जहाजभाडा बेहोर्न सक्ने अवस्थामा नहुन सक्छन् । भोकै ल्याउने कुरा त भएन, खानापानीको प्रबन्ध गर्नुपर्‍यो,” उनी समस्या पर्गेल्छन् । अहिले ती श्रम गन्तव्य मुलुकका सरकार प्रमुखले तिम्रो नागरिक हामी हेर्छौं भनेर प्रधानमन्त्रीलाई आश्वस्त पारे पनि अवस्था त्यस्तो नरहेको नेम्वाङ भन्छन् ।

उनले भारतसहित तेस्रो मुलुकबाट आएका नागरिक राख्न बनाइएका क्वारेन्टिन पनि सङ्क्रमणको उच्च जोखिममा रहेको बताए ।

आफैंले समन्वय गरिरहेको कचनकबलको उदाहरण दिँदै भने, “भारतबाट नागरिक आउन थालेको एकदुई दिनमै कचनकबलको क्वारेन्टिनमा ९५ जना पुगे । त्यहाँ सुरुमा ४ जनामा सङ्क्रमण देखिएको थियो । एक हप्ता नपुग्दै ५४ जना सङ्क्रमित बने,” उनी ध्यानाकर्षण गराउँछन्, “अन्यत्र पनि यो अवस्था आउन सक्छ । त्यसैले यतातिर पनि ध्यान दिनुपर्छ ।”

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…