दाहसंस्कारपछि कोरोनाको रिपोर्ट पोजेटिभ भएपछी मलामी खोज्न थाल्यो प्रहरी

कैलाली । डायलासिसका क्रममा निधन भएकी मिर्गाैला रोगबाट पीडित एक महिलाको दाहसंस्कारपछि कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएसँगै प्रहरीले मलामी खोज्न थालेको छ ।

सेती अस्पतालको डायलासिस सेन्टरमा शुक्रबार बिहान धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिलाको डायलासिसका क्रममा निधन भएको थियो ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट आरडीटी गर्दा नेगेटिभ आएपछि भर्ना गरेर उनको डायलासिस गरिएको थियो । र्‍यापिड टेस्टमा नेगेटिभ रिपोर्ट आएकाले महिलाको शव आफन्तलाई दिइएपछि शनिबार मोहना घाटमा दाहसंस्कार गरिएको थियो ।

तर, थ्रोट स्वाबको परीक्षण गर्दा ती महिला कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएपछि प्रहरीले दाहसंस्कारमा सहभागी आफन्तसहित मलामी खोज्न थालेको हो । २० जनाभन्दा बढी सहभागी मलामीहरुको खोजी भइरहेको हो ।

मृ त्युपछि संक्रमण पुष्टि हुँदा थप जोखिम

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण एक सातामा २ जनाको मृ त्यु भएको छ । भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकी बाजुरा बुढीगंगा नगरपालिका–१ की २ वर्षीया बालिकाको बाजुरा अस्पतालमा १८ गते मृ त्यु भएको थियो ।

बालिकाको मृ त्यु भएको करिब १२ घण्टापछि उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । मृतक बालिकाको आमालाई पनि कोरोना संक्रमणको पुष्टि भएको थियो भने बुबाको पीसीआर रिर्पाेट नेगेटिभ आएको छ ।

तर मृत्युपछि कोरोना संक्रमण पुष्टि हुँदा थप जोखिम बढ्ने जानकारहरू बताउँछन् । ‘रिर्पाेट आउन ढिलो हुँदा बुबामा पनि संक्रमण फैलनसक्ने खतरा थियो’ बाजुरा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट रुपचन्द्र विश्वकर्मा भन्छन्, ‘यस्तो अवस्थामा परिवारका सदस्यसँगै स्वास्थ्यकर्मीलाई पनि संक्रमण जोखिम हुन्छ ।’

कैलालीकी महिलाको पनि मृत्यु भएको करिब ३० घण्टापछि कोरोना परीक्षण रिपोर्ट आएको छ । मृत्युपछि कोरोना पुष्टि हुँदा त्यसले थप जोखिम बढाउने प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए । ‘उनलाई अस्पताल ल्याउने र उपचार गर्न सबैलाई दुई साताभित्र कुनै लक्षण देखिए तुरुन्तै परीक्षण गर्नुपर्छ’ उनले अनलाइनखबरसँग भने ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…