अब प्रत्येक प्रदेशमा रासायनिक मल उत्पादन कारखाना खोल्नुपर्छ : गंगा चौधरी

नेकपा सांसद गंगा चौधरी सत्गौवाले किसानका लागि मल विउको समस्या भएपनि सरकारले व्यवस्था गर्न नसकेको बताएकी छिन् ।

शनिवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केन्द्रीयस्तरमा डिएपी, युरिया जस्ता रासायनीक मलको उत्पादन गर्न माग गरेकी छिन् । यस्तै सात वटै प्रदेशमा एक–एक वटा रासायनीक मल उत्पादन कारखाना स्थापना गर्न आग्रह गरिन् ।

उनले भनिन्, ‘केन्द्रीय स्तरमा यूरिया डिएपी उत्पादन गर्नुपर्ने अवस्था छ । प्रत्येक प्रदेशमा एउटा मल कारखाना स्थापना गर्न आवश्यक छ । देशमा १५-२० लाख यूवा स्वदेश फर्कदैछन् । उनीहरुलाई रोजगारीको व्यवस्था गर्नुपर्ने अवस्था छ । नेपाली कृषि उपजको बजारीकरणको समस्या रहेको छ ।’

उनले सरकारले कनिका छरेजस्तो बजेट छरेको बताउँदै यसले कुनै उपलब्धी हासिल नहुने बताइन् । विकास योजना एकीकृत ढंगले सञ्चालन गर्न आग्रह गरिन् ।

सांसद चौधरीले थारु समुदाय सिकलसेल एनिमिया रोगबाट ग्रसित हुनुपर्ने अवस्था रहेको बताउदै सरकारले यसवर्षको बजेटमा केही नपाउँदा दुःख लागेको उल्लेख गरिन् । साथै पर्यटक भित्राउनका लागि थारु समुदायको सस्कृति, कला, नाँचगानको संरक्षणका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको ध्यानाकर्षण गराइन् ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…