यस्तो छ नेपालमा तीन दिन सम्मको मौसम विवरण

काठमाडौं। नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको निसर्ग चक्रवात कमजोर भई बनेको न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाबाट जारी मौसम पूर्वानुमान बुलेटिन अहिले देशभर सामान्य देखि पूर्ण बदली रहेको उल्लेख छ।

शनिबार प्रदेश १,२, र बागमती प्रदेशमा पूर्ण बदली तथा गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ मा सामान्य बदली रहनेछ। प्रदेश १,२, र बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १,गण्डकी र बागमती प्रदेशमा पूर्ण बदली तथा बाँकी प्रदेशमा सामान्य बदली रहनेछ। प्रदेश १, गण्डकी र बागमती प्रदेशका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार देशका धरैजसो स्थानमा सामान्य बदली रहनेछ। प्रदेश १, बागमती ,गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश २ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार प्रदेश १, गण्डकी, बागमती, कर्णाली, सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र ५ मा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती ,गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सुदूरपश्चिम प्रदेश २ र ५ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रदेश १,२, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातकोसमेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

भर्खरै प्रकाशित

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…

सडक विभागले हावाले पक्की पुल उडाएको सुनाएपछि सांसदहरू आश्चर्यचकित !

सडक विभागका पदाधिकारीहरूले बन्दा बन्दैको पक्की पुल हावाले उडाएको बताएपछि सांसदहरूले आश्चर्य व्यक्त गरेका छन् । आइतबार संसद्को विकास तथा प्रविधि समितिमा वर्षाले क्षति पुर्‍याएको…