कतारकाबाट स्वदेश फर्कने नेपाली श्रमिकलाई यहाँ स्वास्थ्य परीक्षण सम्भव छैन : नेपाली राजदूत

काठमाडौँ – कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले स्वास्थ्य परीक्षण गरेर नेपाली कामदारलाई स्वदेश फर्काउन असम्भव भएको बताएका छन्।

उनले कोरोना परीक्षण प्रणाली सरकारको नियन्त्रणमा रहेको र शंकास्पद विरामीलाई मात्र परीक्षण गर्ने भएकाले नेपाल फर्कने कामदारलाई परीक्षण सम्भव नहुने बताए।

‘मैले यहाँको सरकारसँग कुराकानी गरेको थिएँ तर उहाँहरुले हामीले अरु देशलाई पनि यो सुविधा दिएका छैनौँ, नेपाललाई पनि यो सम्भव छैन भन्ने जवाफ प्राप्त भयो’, श्रम रोजगार पत्रकार समूहसँगको जुम कुराकानीमा भारद्धाजले भने।

उनले कतारको परराष्ट्र मन्त्रालयसँग त्यसका लागि पहल गरिदिन नत्र निजी अस्पतालमा भएपनि परिक्षणका लागि सहजिकरण गरिदिन अनुरोध गरिएको जानकारी दिए।

नेपाल सरकारले स्वास्थ्य परीक्षण गरेर मात्र विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने बताएको छ।

यूएईबाट एकसय ५७ नेपाली बोकेर जहाज काठमाण्डौ उड्यो, ६ बजेर १० मिनेटमा नेपाल आइपुग्ने

यूएईबाट एक सय ५७ नेपाली लिएर जहाज नेपाल उडेको छ । कोरोनाको कारण समस्यामा परेका एकसय ५७ जना नेपाली एअर अरबियाको उडान नम्बर जी नाइन १७५१ मार्फत नेपाल उडेका हुन् ।

जहाजमा इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटीको काम गर्ने ७९ जना र ११ जना अन्य नेपालीसहित एकसय ५७ जना छन् । नेपाल नागरिक उड्डयनका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने यूएईबाट १६८ जना यात्रु तथा एक शवसहित जहाज आउँदै गरेको बताउनुभयो । जहाज साँझ ६ बजेर १० मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ ।

यूएईबाट नेपाल उडान हुने भनेपछि बिहानैदेखि विमानस्थलमा नेपालीहरु पुगेका थिए । सुरुमा यूएईको स्थानीय समय अनुसार १० बजेर ५५ मिनेटको बोर्डिङपास दिइएको थियो । नेपालीलाई एकपटक जहाजमा राखेर फेरि ओरालिएको थियो । त्यसपछि क्वरेण्टीनमा बस्छु भन्ने कागजमा सही गराएपछि यात्रु लिएर जहाज नेपालतर्फ उडेको हो । फर्कने नेपालीको कोरोना जाँच भएको छैन ।

सरकारले विदेशबाट फर्काइने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुुपर्ने मापदण्ड बनाएको छ । तर यूएईले आफ्नै खर्चमा एकसय ६८ सिट क्षमताको जहाजमार्फत पठाउने भनिएको उडान भने हुन सकेन । अहिले विमानस्थलमा पुगेका नेपालीहरु भने साथमा पैसा, पासपोर्ट र टिकट हुनेहरु हुन् ।

उनीहरुलाई टिकटको व्यवस्था कम्पनीले गर्‍यो या आफैं टिकट काटे भन्नेबारे खुलेको छैन । साथमा पैसा र टिकट काट्न सक्नेहरु विमानस्थल पुगे पनि अन्यको हकमा भने अन्यौल भएको छ ।

विदेशमा अति नै दुःख पाएका नेपालीलाई उद्धार गर्ने सरकारको निर्णयअनुसार उनीहरुलाई स्वदेश ल्याउन लागिएको हो । यसअघि शुक्रबार बिहान म्यानबारबाट २६ जना नेपालीलाई स्वदेश ल्याइएको छ ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…