नेपाल र चीनले भारतलाई सीमामा लज्जित तुल्याए : पाकिस्तानी सेनाका प्रवक्ता

भारतले नेपाल र चीनसँग गरिरहेको सीमा विवादका विषयमा पाकिस्तानले बयान दिएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल बाबर इफ्तिकारले बुधवार भारतलाई सैन्य दुस्साहस नगर्न र आगोसँग नखेल्न चेतावनी दिएका छन् ।

जियो टीभी च्यानलसँगको अन्तर्वार्तामा उनले यो कुरा भनेका हुन् ।

उनका अनुसार, भारतले पाकिस्तानविरुद्ध फल्स फ्ल्याग अपरेसन (युद्ध शुरू गर्नका लागि झूटो कारवाही) चलाउन खोेजेको र त्यसका लागि भूमिका बनाइरहेको छ । पाकिस्तानले नियन्त्रण रेखापारि कोरोना संक्रमित आतंकवादीहरू पठाइरहेको आरोप भारतले लगाएको उनले बताए ।

फल्स फ्ल्याग अपरेसनका लागि भारतसँग अर्को कारण पनि रहेको इफ्तिकारको भनाइ छ । उनले भने, ‘चीनसँगको सीमामा अनि नेपालसँगको सीमामा भारतले बेइज्जती खेप्नुपरेको छ ।

अनि कोरोनाभाइरस महाव्याधिको राम्रो व्यवस्थापन गर्न नसकेर ऊ लज्जित भइरहेको छ । मजदूरहरूको पलायनबाट नै भारतको कुव्यवस्थापन झल्किन्छ । त्यहाँ भाइरस तीव्र गतिमा फैलिँदैछ र अर्थतन्त्र सुस्त बनेको छ ।’

उनले थपे, ‘अगस्ट ५ पछि भारतले कश्मीरका विषयमा उठाएका कदम पनि ब्याकफायर हुन पुगे । नागरिकता संशोधन कानून ल्याएर मुसलमानविरोधी लहर उत्पन्न गरियो र यसलाई संसारले अनुभव गर्‍यो । भारत हरेक तहमा असफल र लज्जित भइरहेको छ ।’

इफ्तिकारले भने, ‘भारतको अहिलेको नेतृत्व यी सबै विषयबाट ध्यान भड्काउन पाकिस्तानसँग युद्धको बहाना खोजिरहेको छ । तर भारतले पाकिस्तानतर्फ आक्रामक रूपमा बढ्न खोजेमा पाकिस्तानले सशक्त जवाफ फर्काउँछ भन्ने मेरो धारणा छ । यसमा कसैले शंका गर्नुहुँदैन ।’

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…