अब मास्क नलगाउनेलाई विमानस्थल प्रवेशमा निधेष, ज्वरो र खोकी लागेका जहाज चढन नपाउने

काठमाण्डौ – कोरोना भाइरसको महामारीका बेला जहाज उडान, ग्राउन्डिङ र सञ्चालनको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशिका बनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्ने हिसाबले निर्देशिका बनाइएको प्राधिकरणले जनाएको छ । कुनै पनि उडान गर्दा यात्रु, एअरलाइन्स कम्पनी, विमानस्थल लगायतका पक्षले निर्देशिका पूर्णरुपमा पालना गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

निर्देशिका अनुसार ज्वरो आएका, रुघाखोकी लागेका र स्वाद र गन्ध थाहा नपाउने यात्रुले जहाजमा यात्रा गर्न पाउने छैनन् । मेडिकल मास्क अनिवार्य गरिएको छ । शरिरको तापक्रम ३८ डिग्री सेल्सियस वा १ सय दशमलव ४ फरेनहाइटभन्दा कम हुनुपर्नेछ । विमानस्थलमा भिडभाड गर्न पाइनेछैन ।

यस्तै जहाजमा पत्रिका र म्यागेजिन बोक्न प्रतिबन्ध लगाइएको छ । आन्तरिक उडानमा जहाजले खाजा या अन्य खानेकुरा दिन पाउनेछैनन । ७० वर्ष नाघेका, गर्भवती र गम्भीर बिरामीलाई यात्रा नगर्न सुझाव दिइएको छ । कुकुर, बिरालो लगायतका जनावरलाई जहाजबाट यात्रा गराउन पाइनेछैन ।

विमानस्थल र जहाजमा के गर्न मिल्ने र के गर्न नमिल्ने लगायतका जानकारी एअरलाइन्स अपरेटरले होर्डिङबोर्ड, फ्लेक्स वा स्कृनमार्फत दिनुपर्नेछ । एअरलाइन्स कम्पनीहरुले नेपाल नागरिक उड्यन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आई बनाएका नियम पूर्णरुपमा पालना गर्नुपर्नेछ ।

हरेक उडानअघि जहाजलाई इन्फेक्सनरहित बनाउनुपर्नेछ । एअरलाइन्सले स्यानिटाइजर उपलब्ध गराउनुपर्नेछ । भौतिक दूरी कायम राख्नुपर्नेछ, एअरलाइन्सका कर्मचारीले पूर्ण रुपमा सुरक्षाका उपकरण प्रयोग गर्नुपर्नेछ । उडान अवधिमा जहाजका कर्मचारीलाई पीपीई अनिवार्य गरिएको छ ।

यस्तै विमानस्थल प्रवेश गर्ने सबैको गेटमै तापक्रम जाँच हुनेछ । मास्क नलगाएका व्यक्ति विमानस्थलमा प्रवेश नै गर्न पाउनेछैनन ।

टर्मिनल भवनभित्र कम्तीमा १ मिटरको दूरी कायम गरेर बस्नुपर्नेछ । कोरोनाको शंका लागेका व्यक्तिलाइ विमानस्थलले छुट्टै कक्षमा राख्नेछ । सबै कर्मचारीले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । विभिन्न स्थानमा स्नानिटाइटर, धारा र साबुन उपलब्ध हुनेछ ।

भर्खरै प्रकाशित

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…

माधव नेपालप्रति संकेतगर्दै ओलीले भने, गल्ती महसुस गरेर आए पार्टीमा…

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता…