खाडी राष्ट्रबाट नेपाल फर्कनेको संख्या ४० हजारभन्दा धेरै, कतारमा मात्रै कतारमा ८ हजार ४ सय

काठमाण्डौ। विदेशमा समस्यामा परेर फर्कने नेपालीको कोरोना जाँच गन्तव्य देशमा कसरी हुन्छ भन्ने अन्यौल भइरहेका बेला कुवेतमा आममाफी पाएर फर्कने दिन कुरिरहेका नेपालीको कोरोना जाँच पनि कुवेत सरकारले नै गरिदिने भएको छ ।

कुवेतमा भिसाको म्याद सकिएका र रोजगारदाता परिवर्तन गरेर गैरकानुनी भएका झण्डै तीन हजार नेपाली कुवेत सरकारले दिएको आममाफीमा सहभागी भएर स्वदेश फर्कने दिन कुरिरहेका छन् ।

नेपाल सरकारले स्वदेश फर्कने नेपालीसँग कोरोना जाँचको प्रमाण हुनुपर्ने मापदण्ड बनाएको छ । आममाफीमा सहभागी भएकाको कोरोना जाँचसहित कुवेत सरकारले आफ्नै जहाजमा नेपालसम्म पुर्‍याइदिने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जनाकारी दिनुभयो । अन्यको हकमा भने कतिपय कम्पनीले पनि गरिदिन सक्छन् भने कतिले व्यक्ति स्वयंले नै पनि गर्नुपर्ने हुन्छ । तर यसबारे अझैं के प्रावधान हुन्छ भन्नेबारे टुङ्गो नलागेको राजदूत भण्डारीको भनाइ छ ।

कुवेतमा मात्र होइन, अरु देशबाट स्वदेश फर्कने नेपालीको पनि कोरोना जाँच गरेको प्रमाण हुनुपर्ने भनिए पनि कसरी र कसले गर्न पर्ने भन्ने यकिन भइसकेको छैन। कतारमा रहेको नेपाली दूतावासले भने छलफल यसबारे भइरहेको र छिट्टै कुनै उपाय बताउने बताएको छ ।

कुन देशबाट कति फर्कने ?

तथ्याँक अनुसार मध्यपूर्वका देशबाट मात्रै स्वदेश फर्कन खोज्ने नेपालीको सङ्ख्या ४० हजारभन्दा धेरै रहेको छ । यूएईमा १८ हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार २ सय, साउदी अरेबियामा ६ हजार ५ सय, बहराइनमा ९ सय र ओमनमा ७ सयजनाको प्रारम्भिक सूची छ ।

शुक्रबार यूएई र म्यानमारमा समस्यामा परेकामध्ये केही नेपाली आज स्वदेश फर्कने भएका छन् । यूएईबाट एअर अरेबियाको चार्टर्ड जहाजमार्फत १६८ जना यात्रु तथा एक शवसहित जहाज आउने निश्चित भएको नेपाल नागरिक उड्डयनका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री जानकारी दिनुभयो । । शुक्रबार नै म्यानमारमा रहेका २६ जना नेपालीलाई स्वदेश फर्कनेछन् ।

काम नभएर त्यहाँ अलपत्र अवस्थामा रहेका नेपाली श्रमिकलाई नेपाली दूतावासको पहल र म्यानमार सरकारको सहयोगमा नेपाल फर्काउन लागिएको हो । विभिन्न कारणले स्वदेश फर्कन खोज्ने नेपालीको सङ्ख्या धेरै भए पनि सरकारले प्राथमिकताको आधारमा ल्याइने बताएको छ । नेपालीको उद्दारका लागि दिनमा १० वटासम्म उडान अनुमति दिने निर्णय भइसकेको छ ।

सरकारले विदेशबाट फर्काइने नेपालीको लागि काठमाण्डौमा प्रदेश अनुसार होल्डिङ सेन्टरको समेत व्यवस्था गरिसकेको छ । होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य जाँच गरेपछि उनीहरुलाई नेपाली सेनाको संयोजनामा सम्बिन्धत जिल्ला सदरमुकामसम्म पुर्‍याइनेछ । आफ्नो पालिकाले व्यवस्था गरेको क्वारेण्टीनमा १४ दिन बसेपछि मात्रै उनीहरु घर फर्कन पाउनेछन् । घरमा पनि ७ दिनसम्म होम क्वारेण्टीमा बस्न पर्नेछ ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…