फेसबुकमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो रहेनछ : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले काम गर्न सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो सजिलो नभएको स्वीकारेका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा मन्त्री भुसालले सबै कुरा फेसबुकमा कमेन्ट गरेजस्तो सहज तरिकाबाट गर्न नसकिने बताए ।

उनले नेपालमा उत्पादन भएको दुधजन्य वस्तुहरुको विक्री गर्न नसकेको स्वीकर गरे । उनले दुधको बटरको मौज्दात नेपालमा एक हजार मेटि्रक टन बढी भइसकेको बताए । उत्पादनको हिसाबले १५ सय मेटि्रकटन पाउडर दुध थुपि्रएको जानकारी पनि दिए ।

‘त्यो बेच्नु पर्ने छ, त्यसमा किसानको करिब करिब दुई-अढाई अर्ब त्यहाँ रोकियो, अफगानिस्तान, पाकिस्तान कता बेच्न सकिन्छ भनेर प्रयत्न गरियो, सेना पुलिसलाई खुवाउन सकिन्छ कि भनेर पनि हेरियो, सकिएको छैन्,’ उनले भने, ‘मान्छेहरुले फेसबुकमा, बाटोमा यसो गरिदिए हुन्छ भन्छन्, मलाई पनि त्यस्तै लाग्थ्यो, त्यति सजिलो रहेनछ ।’

उनले किसानलाई उपलब्ध गराउने मलको विषयमा पनि समस्या रहेको बताए । अहिले सरकारसँग १५ हजार मेट्रिक टन युरिया, २० हजार टन डिएपी, साढे ५ हजार मेटि्रक टन पोटास मल रहेपनि नपुग्ने बताए । आयातको क्रममा रहेको मल पनि ढुवानीमा समस्या हुँदा ल्याउन नसकिएको उनको भनाइ छ ।

मन्त्री भुसालले कृषि पेशामा लाग्ने किसानहरुको न्यूनतम बचत सहितको आम्दानीको सुरक्षा गर्नु नै कृषि क्षेत्रको लागि सबैभन्दा ठूलो काम हुने बताए । अनुदान दिएर भन्दा किसानको उत्पादनको बजारीकरण र बचत सहितको आम्दानीको सुनिश्चितता गराउने गरी काम गर्नुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय सलहको प्रकोप आउने चिन्तामा किसानहरु रहेको भन्दै उनले मन्त्रालयले कसरी नियन्त्रण गर्ने भन्ने सम्बन्धमा समिति गठन गरी अध्ययन गरिरहेको जानकारी दिए ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…