ब्रिटिस आर्मीमा नयाँ युवा सहभागी हुन नपाउने , गतवर्ष अन्तिममा बाहिरिएकाहरूले नै मौका दिइने

काठमाडौँ — ब्रिटिस आर्मीमा नयाँ युवाले यो वर्ष भिड्न नपाउने भएका छन् । कोरोना भाइरसको महामारीले गर्दा ‘रेक्रुट इन्टेक २०२१’ का निम्ति नयाँ दर्ता र क्षेत्रीय छनोट रद्द गरेको बेलायतको ब्रिटिस आर्मी मुख्यालयले जनाएको छ ।

मुख्यालयले आफ्नो वेबसाइटमार्फत विज्ञप्ति जारी गर्दै यसपटक असहज परिस्थितिका कारण नयाँलाई अवसर दिन सम्भव नभएको जनाएको छ । यसपटक पोहोरको अन्तिम प्रतिस्पर्धाबाट बाहिरिएकाहरूले नै मौका पाउने बताइएको छ ।

प्रतिस्पर्धाका निम्ति तयारी रहेका नेपाली युवाहरूले मुख्यालयले आफ्नो निर्णय सच्याउने अपेक्षा गरेका छन् । मुख्यालयका कर्णेल (महासेनानी) तथा ब्रिटिस गोर्खा नेपालका कमान्डर रिचार्ड गुडम्यानले भनेका छन्,‘कोभिड–१९ महामारीका कारण प्रत्यक्ष रूपमा यस वर्षको ‘रेक्रुटिङ’मा हुन आएको फेरबदल स्वागतयोग्य छैन । अहिलेको समयमा भर्नाका गतिविधि सञ्चालन गर्न सम्भव छैन ।

रजिस्ट्रेसन र क्षेत्रीय छनोट रद्द गरेर हामीले नेपाली जनतालाई भाइरस फैलिन रोक्न मानिस, परिवार र समुदायहरूलाई सुरक्षित रहन सहयोग गरिरहेका छौं ।’ छनोट सम्भव नभएका कारण यो नयाँ आवेदकहरूको मूल्यांकन गर्न नपाइएको उनले बताएका छन् । ‘परिस्थिति अनुकूल भए हामी यो वर्षको पछिल्लो समयमा केन्द्रीय छनोट सञ्चालन गर्नेछौं । यद्यपि जोखिम कम गर्न हामीले संलग्न हुने व्यक्तिहरूको संख्या सीमित गर्नुपर्नेछ,’ उनले भनेका छन् ।

सामान्य अवस्थामा छनोटका निम्ति धरान र पोखरामा फाराम भराउने गरिएको थियो । हरेक वर्ष धरान र पोखरामा क्षेत्रीय छनोट हुने गरेको छ । क्षेत्रीय छनोटमा परेकाहरूलाई पोखरामा अन्तिम छनोटमा प्रतिस्पर्धा गराइन्छ । यसपटक गत वर्षको इन्टेक–२०२० केन्द्रीय छनोट स्पर्धाबाट बाहिरिएका युवालाई अवसर दिइने मुख्यालयले जनाएको छ ।

‘प्रत्येक समस्यासँग समाधान पनि हुन्छ, त्यसैले पर्याप्त समाधान खोज्नुहोस्,’ उक्त विज्ञप्तिलाई लिएर अनुप सुनुवारले ब्रिटिस गोर्खा नेपालको फेसबुक पेजमा लेखेका छन्, ‘यो निर्णय नयाँ रेक्रुट हुन चाहने युवाहरूका निम्ति बाधक देखिन्छ ।’ त्यसैगरी सृजल रेग्मीले पहिलोपटक ब्रिटिस आर्मी बन्न चाहनेलाई निराश नबनाउन भनेका छन् ।

‘निःशुल्क, निष्पक्ष र पारदर्शी’ हुनुपर्छ, त्यसैले सबैलाई बराबरी अधिकार चाहिन्छ,’ विशाल स्याङ्तान तामाङले भनेका छन्, ‘हामी गरिबको लाहुरेबाहेक अर्को विकल्प छैन । न त सिप न त राम्रो पढाइ, ट्रेनिङकै सिलसिलामा पढाइ पनि बिग्रेको छ । के हामी गरिब अब मर्ने ?’ यसैगरी धेरै युवाले आफ्नो उमेर हद नाघ्न लागेकाले जसरी पनि अवसर दिन भनेका छन् ।

ब्रिटिस गोर्खा सैनिकको इतिहास २०६ वर्ष लामो छ । नेपाली युवा भर्ती हुने क्रम जारी छ । ‘इन्टेक–२०२०’ मा ४ सय ३२ जना युवा भर्ती भएर बेलायतमा तालिमरत छन् । ‘अन्तिम प्रतिस्पर्धाबाट कति बाहिरिएका छन् भन्ने यकिन छैन,’ राजधानीको क्लास रुम एकेडेमीका प्रबन्ध निर्देशक विनोद राई भन्छन्, ‘पोखराबाट फर्किएका भाइहरू कतिपयको उमेर हद नाघेको हुन सक्छ ।

कतिको एनआरए (नो रि–एप्लाई) परेका हुन सक्छन् । त्यसमा मेडिकल टर्म, अनुशासन, कागजातजस्ता कारण हुन सक्छन् ।’ छोटो समयमा रजिस्ट्रेसनबाहेक क्षेत्रीय र केन्द्रीय छनोटमा गरिने सबै विधि प्रक्रिया पूरा गर्ने ठानिएको छ ।

बेलायतले ब्रिटिस गोर्खा सैनिक भर्ती हुनेको संख्या बढाएको छ । सन् २०१८ सम्म ३ सय २० जनाको दरले भर्ती गर्थ्यो । गत वर्ष ४ सय जना भर्ती लियो । अहिले ब्रिटिस गोर्खामा फर्स्टरोयल गुर्खा रेजिमेन्ट (वानआरजीआर) र सेकेन्ड रोयल गुर्खा रेजिमेन्ट (टुआरजीआर) मात्र छन् । सन् २०२१ देखि ‘थ्री आरजीआर’ थप्‍ने नीति लिएपछि क्रमशः नेपालबाट भर्ती संख्या बढाउन थालेको हो ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…