वासिङ्टन। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक असमानता उजागर भएसँगै उत्पन्न ऐतिहासिक संकटका बीच आफ्नो सार्वजनिक जीवनलाई पुनः सक्रिय तुल्याएका छन्। आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावको पूर्वसन्ध्यामा ओबामाको सक्रियतालाई अर्थपूर्ण रुपमा लिइएको छ ।
ओबामाले आगामी चुनावमा रिपब्लीकन पार्टीबाट पुनः उम्मेदवार हुन लागेका राष्ट्रपति डोनल्ड ट्रम्पको कडा आलोचना गर्ने सहजै अनुमान गरिएको छ । गत बुधबार पूर्व राष्ट्रपति ओबामा मिनियापोलिसमा जर्ज फ्लोयडको मृ त्युपछिको नागरिक अशान्तिबारे युवासँग भर्चुअल सभाहल बैठकमा सहभागी भएका थिए ।
ओबामाले मतदान वि रुद्ध बिरोध प्र दर्शन, राजनीति र सहभागिता विरुद्ध नागरिक अवज्ञा र प्रत्यक्ष कार्य जस्ता विषयमा इन्टरनेट बहसलाई अस्वीकार गरेका छन् ।
‘अहिले यो नभए त्यो भन्ने होइन । यो दुबै पक्ष हो र यथार्थ परिवर्तन ल्याउनको लागि हो,’ उनले टाउन हलमा भने, ‘हामीले समस्यालाई प्रकाश पार्नु पर्दछ र शक्तिमा रहेकाहरुलाई सोध्न सक्नु पर्दछ, तर हामीले त्यसलाई पनि व्यावहारिक समाधान र कानुनमा रुपान्तरण गर्नु पर्दछ ।’
ओबामाले फ्लोयडको मृ त्युका कारण भइरहेको विरोधलाई नीति परिवर्तनमा रुपान्तरित गर्न आह्वान गरे । उनले सुरक्षित प्रहरी सेवा तथा समुदाय र कानुन कार्यान्वयन गर्ने निकायहरुबीचको आपसी विश्वास बढाउनेतर्फ युवाले विशेष ध्यान दिनुपर्दछ भनेका छन् । उनले देशका सबै मेयरहरुलाई सुरक्षा परिचालनको बारेमा समीक्षा गर्न आग्रह गर्दै योजनाबद्ध सुधारहरुको कार्यान्वयन”लाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
‘हामी अहिले राजनीतिक बहसका बीचमा छौं,’ ओबामाका लामो समयदेखिका मित्र एवं सल्लाहकार भ्यालेरी ज्यारेटले बताए । पूर्व राष्ट्रपति ओबामा पदमा नरहे पनि मुलुकभित्रको यस बहसमा संवाद गर्न इच्छुक छन् ।
यस गोलमेच बैठकमा ओबामाले अहिलेको अराजकता र १९६० को दशकको आन्दोलनको बीचमा समानता रहेकामा जोड दिए । तर उनले सर्वेक्षणहरुले धेरै अमेरिकीले आजका प्रदर्शनलाई समर्थन गरेको देखाए पनि एउटा सानो संख्याका उत्तेजक एवं हिंसात्मक कृयाकलापले मूल मुद्दालाई ओझेलमा पार्ने खतरा रहेको बताए । उनले यस मुद्दामा विरोधको स्वर केही क्षण दबे पनि समाजभित्र विरोधी भावना यथावत रहिरहने खतरा छ भनेका छन् ।
ओबामाले आगामी राष्ट्रपतिको उम्मेदवारका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेनलाई समर्थन गरिसकेका छन् । नोभेम्बरको चुनाव अघि ओबामालाई चुनावी अभियानमा सहभागी गराउन बाइडेनको चुनाव प्रचार समितिले योजना बनाइरहेको थियो ।
गत महिना ऐतिहासिक रूपमा अश्वेत विद्यार्थीहरु पढ्ने कलेज र विश्वविद्यालयका स्नातकहरूलाई सम्बोधन गर्दै ओबामाले कोरोना भाइरसको महामारीले ट्रम्प प्रशासनको परिस्थिति पूर्ण रूपमा उदाङ्गो भएको बताए । तर फ्लोयडको मृ त्युप्रति देशको पहिलो काला राष्ट्रपतिबाट बढी नै कडा प्रतिक्रिया प्राप्त भएको छ । अश्वेत नागरिक फ्लोयडको गर्धनमा एक श्वेत प्रहरीले घुँडाले धेरै मिनेटसम्म थिचेपछि मृ त्यु भएको थियो ।
गत हप्ता एक लामो लिखित वक्तव्यमा ओबामाले लाखौं अमेरिकीहरूले कोरोना महामारीको कहरबाट जनजीवन सामान्य बनाउनै लाग्दा अमेरिकाकै एक अश्वेत नागरिकमाथि र ङ्गको आधारमा भिन्न व्यवहार होला भन्ने अनुमानसम्म गर्न सक्ने अवस्थामा नरहेको बताएका थिए ।
‘यो सन् २०२० को अमेरिकामा सामान्य घटना होइन । यो घटना सामान्य हुनै सक्दैन,’ ओबामाले लेखेका छन् । पूर्व राष्ट्रपति ओबामाको बयानपछि दिनभरि नै तनाबको अवस्था सिर्जना भइसकेको छ ।
ट्रम्पले देशका विभिन्न शहरमा प्रहरी कारबाहीको विरोधमा भइरहेका प्रदर्शन रोक्न सेना समेत परिचालन गर्ने धम्की दिएका छन् । देशभित्र जारी कतिपय प्रदर्शन हिंसात्मक बनेका छन् । बाइडेनको प्रचार संयन्त्रले पूर्व राष्ट्रपति ओबामाको सक्रियतालाई स्वागत गरेको छ ।