विदेशमा रहेका नेपाली फर्काउन स्वदेशी एयरलाइन्स नै प्रयोग गर्नुपर्ने पर्यटनको अडान

लकडाउनपछि पहिलोपटक म्यानमारबाट नेपालीहरु स्वदेश फर्किने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार म्यानमारको एयर फोर्सको जहाजले २६ जना यात्रु ल्याएर भोलि काठमाडौं आउने छ। फर्किंदा भने ४१ जना लिएर जाने तालिका रहेको छ।

जहाज भने दुईओटा आउने उनले जानकारी दिए।

यसैबीच सयुक्त अरब इमिरेट्सबाट नेपाली आउने भनेको उडान भोलिका लागि अनिश्चित भएको छ। पहिलो चरणमा युएई सरकारले एयर अरेबिया मार्फत् नेपाली फिर्ता पठाउने प्रस्ताव गरिएको थियो।

एयर अरेबियाले उडान अनुमतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा विमानस्थलमा आवेदन गरेको भएपनि अन्तिममा पर्यटन मन्त्रालयको असहमति भएपछि तत्काल अनिश्चित भएको छ।

नेपाली फर्काउनका लागि नेपाली एयरलाइन्स नै प्रयोग हुनुपर्ने मन्त्रालयको अडानपछि उक्त प्रक्रिया रोकिएको छ। यो प्रक्रिया रोकिएपछि परराष्ट्र मन्त्रालयका प्रतिनिधिले सिसिएमसीको बैठकमा एयर अरेबियाको उडान निशु:ल्क भएकाले अनुमति दिन प्रस्ताव गरेका थिए।

‘तर हामीले यसमा सहमति जनाएका छैनौ। कामदारले पैसा तिर्नुपर्ने नभएपनि उडान निशु:ल्क हुँदैन। त्यो कुरा हामीलाई पनि थाहा छ। हाम्रै एयरलाइन्स व्यापार नपाएर बसिरहेको बेला अरुलाई व्यापार दिन सकिंदैन’ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय निकट स्रोतले भन्यो।

भर्खरै प्रकाशित

जात थाहा पाएपछि कोठा नदिने घरबेटीविरुद्ध रूपा सुनारले प्रहरीमा दिइन्…

तल्लो जातको भन्दै कोठा भाडा नदिएको घरबेटीविरुद्ध सञ्चारकर्मी रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् । संचारकर्मी सुनारले तल्लो जात भन्दै कोठा भाडा नदिएकी काठमाडौं महानगरपालिका–…

युरोपको एउटा ‘फुच्चे’ देश कसरी फुटबलको महाशक्ति बन्यो ?

खेलकुदको दुनियाँमा यो ठूलो उपलब्धिमध्येको एक हो । यस ग्रहकै सबैभन्दा लोकप्रिय खेलमा कसरी एउटा सानो देश पहिलो वरीयताको टोली बन्यो ? मात्र १ करोड…

उत्तर कोरियामा लाग्दैछ भोकमरी, प्रतिकेजी केराको मूल्य ४५ डलर

पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम जोङ उनका विभिन्न तस्बिरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेका छन्। किमले अन्तर्राष्ट्रिय राजनीतिमा केही असर पर्ने काम गरेकाले उनका तस्बिर…

प्रहरीले छानविन गर्न थालेपछि माफी मागिन् ज्वाला सङ्ग्रौला

ट्राफिक प्रहरीले लाइसेन्स माग्दा रंगभेदी दुर्व्यवहार गर्ने ज्वाला सङ्ग्रौला र उनको समूहविरुद्ध मु’द्दा चलाउन प्रहरीले छानविन अघि बढाएको छ । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने…

‘एक्स ९’मा सुनिल सेट्टीलाई अफर, अनमोलसँग होला पर्दा शेयर ?

चलचित्र ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले निर्देशन गर्न लागेको तेश्रो चलचित्र ‘एक्स ९’का लागि बलिउड नायक सुनिल सेट्टीलाई अफर गरिएको छ…