किम जोङ उनकी बहिनीले दिइन दक्षिण कोरियालाई चेतावनी

सोल। दक्षिण कोरियाले यदी उत्तरबाट लखेटिएका र अभियन्ताहरुलाई दुई देशबीचको गैरसैन्य क्षेत्रमा प्रवेश रोक्न सकेन भने उत्तर कोरियाले २०१८ को अन्तरकोरिया सैन्य सम्झौता खारेज गर्ने चेतावनी दिएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले यही बिहीबार यस्तो चेतावनी दिएकी हुन् । जोङ पछिल्लो समय अनौपचारिक रुपमा नेता किमपछि सैन्य प्रमुखको रुपमा जिम्मेवारी लिँदैआएकी छन् ।

उनले २०१८ मा भएको सैन्य सम्झौतालाई ‘सायद कुनै मुल्य’को नभएको प्रतिक्रिया दिएकी छन् । साथै उनले उत्तरले दक्षिणसँगको सम्पर्क कार्यालय समेत स्थायी रुपमा बन्द गरिदिन सक्ने चेतावनी दिएकी थिइन् । यस्तै सीमा क्षेत्रमा पर्ने काएसोंग सहरको औधोगिक पार्क, जहाँ दुई देशका लागि मेलमिलापको केन्द्र मानिन्छ, त्यसलाई पनि बन्द गर्न सकिने संकेत उनले गरेकी थिइन् ।

किमकी बहिनीले एक विज्ञप्ति जारी गर्दै दक्षिणलाई यस्तो चेतावनी दिएकी हुन् । उत्तर कोरियाबाट लखेटिएका र थुप्रै अभियन्ताहरु पछिल्लो केही सातादेखि सिमानामा पर्ने गैरसैन्य क्षेत्रमा उत्तर कोरियाली नेता र शासनको विरोधमा बेलुन उडाउँदैआएका छन् । खासगरी उत्तर कोरियाली शासनको विरोध गर्ने अभियन्ताहरुले आणविक हतियारको विरोधमा यसरी बेलुज उडाउन थालेका हुन् ।

तर यस्ता गतिविधि दक्षिण कोरियाले रोक्नुपर्ने उत्तरको बुझाइ रहँदैआएको छ । ‘यदी हाम्रो आँखा अगाडि खराब अभिप्रायले यस्ता गतिविधि अभिव्यक्ति स्वतन्तत्राको नाममा रोकिएन भने दक्षिण कोरियाली अधिकारीहरुले सबैभन्न्दा खराब अवस्थाको सामना गर्नुपर्नेछ,’ किमकी बहिनी उत्तर कोरियाली नेत्री किम यो ले भनेकी छन् ।

एक उत्तर पूर्वकोरियाली कुटनीतिज्ञ र उत्तरबाट लखेटिएका व्यक्तिले दक्षिणमा चुनाव जितेपछि किम यो को यस्तो टिप्पणी आएको हो । ती दुई प्रतिनिधिले गत अप्रिलमा दक्षिणमा चुनाव जितेका थिए ।

भर्खरै प्रकाशित

योगी आदित्यनाथले फेरि दिए नेपालबारे यस्तो विवादास्पद अभिव्यक्ति

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका बारेमा फेरि एक पटक विवादास्पद अभिव्यक्ति दिएका छन् । सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लखनउमा…

एमाले अध्यक्ष सन्ध्या तिवारी भन्छन् : केपी ओलीसँग हाम्रो विचार…

सर्वोच्च अदालतको आइतवारको फैसलासँगै एकीकृत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अस्तित्व एकै पटक संकटमा परेको छ। दुई वर्षअघि भएको माओवादी केन्द्र र नेकपा एमालेबीचको एकता सर्वोच्च…

प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देश संकटमा : विप्लव

२४ फागुन, बुटवल । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिएको बताएका छन् । गृह जिल्ला…

छुटिनेबेला माधव नेपालले भने, प्रचण्डजीको र हाम्रो पार्टी अलग भएपनि…

काठमाडौं । माधव नेपालले पार्टी अलग भएपनि मन विशाल भएको बताएका छन् । प्रचण्ड नेपाल पक्षको स्थायी कमिटी बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डजीको…

हामी छुट्टिन चाहेका थिएनौं, सर्वोच्चले छुट्याइदियो : झलनाथ खनाल

नेकपा प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले आफूहरुको एकतालाई सर्वोच्च अदालतले छुट्याइदिएको टिप्पणी गरेका छन्। सेतोपाटीसँग कुराकानी गर्दै खनालले भने ‘हामी छुट्टिन चाहेका थिएनौं, सर्वोच्चले मिलेको…