शुक्रबारदेखि एयर अरेबिया मार्फत कामदार पठाउने यूएईको प्रस्ताव, आफ्नै जहाजबाट ल्याउने निगमको अडान

काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई)ले एयर अरेबिया मार्फत् नेपाली कामदारलाई शुक्रबार पठाउने प्रस्ताव गरेको छ । तर, वायुसेवा निगमले राष्ट्रिय ध्वाजाबाहक नेपाल एयरलाइन्सबाट मात्रै कामदार ल्याउनुपर्ने अडानमा छ ।

यूएईस्थित नेपाली दूतावासले एक सय ७९ जना नेपालीलाई यूएईले नेपाली कामदार पठाउन लागेको भन्दै उडानको अनुमति दिन परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ । उच्चस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा वायु सेवा निगमले आफ्नै एयरलाइन्स प्रयोग गर्नुपर्ने भन्दै विदेशी एयरलाइन्स कम्पनीलाई उडान अनुमति दिन नहुने अडान लिएको छ ।

परराष्ट्रले सबै हवाई शुल्क निःशुल्क भएको भन्दै उडान अनुमति दिन आग्रह गरेको हो । ‘गन्तव्य देशका सरकारले कामदारसँग टिकटको रकम नलिए पनि रोजगारदाताबाट लिने गरेको छ । रोजगारदाताले नै तिर्छ । हाम्रो उडान खाली भएको बेला हाम्रो एयरलाइन्स नै प्रयोग गर्नुपर्छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका एक अधिकारीले भने,‘परराष्ट्रको प्रस्तावमा हाम्रो सहमति छैन ।’

उच्चस्तरीय समितिले बिहीबार तीन बजेभित्र भाडादरको प्रस्ताव पेश गर्नको लागि पर्यटन मन्त्रालयलाई अनुरोध गरेको छ0 ।

यूएईमा रहेका झन्डै १८ हजार जना नेपाली कामदार फर्कनको लागि दूतावासमा आवेदन दिएका छन् ।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…