डढेलो, खडेरी, कोरोनाभाइरस र चीनका कारण २९ वर्षपछि अष्ट्रेलिया आर्थिक मन्दीको सिकारमा

सिड्नी। २९ वर्षपछि अष्ट्रेलिया आर्थिक मन्दीको सिकार बनेको छ । पछिल्लो आर्थिक संकटको आधार प्रस्तुत गर्दै राष्ट्रिय कोषाध्यक्ष जोश फ्राईडेनबर्गले बुधवार अष्ट्रेलिया औपचारिक रुपमा आर्थिक मन्दीमा गएको घोषणा गर्नु भएको हो ।

लामो समयसम्म लागेको डढेलो, कोरोनाभाइरसका कारण आर्थिक गतिविधि शुन्य र चीनले अष्ट्रेलियाका बस्तुमा आयात रोकेपछि आर्थिक मन्दीको सामना गर्नुपरेको हो।

तथ्याकं विभागले बुधबार जारी गरेको विवरण अनुसार अष्ट्रेलियाको मार्च महिनाको त्रैमासिक जिडिपी वृद्धीदर शुन्य दशमलव ३ प्रतिशत मात्र छ । दुइ त्रैमासिक अवधीमा लगातार शुन्यभन्दा तल वृद्धीदर झरेपछि आर्थिक मन्दीको घोषणा गरिन्छ ।

यसअघि सन् १९९१ मा मार्च र जुन त्रैमासिक वृद्धीदर शुन्यभन्दा तल झरेपछि अष्ट्रेलियामा आर्थिकमन्दीको घोषणा गरिएको थियो ।
डढेलो र खडेरीसंग जुधिरहेको अर्थतन्त्रलाई कोरोना भाईरसले नराम्रोसंग प्रभाव पारेपछि आर्थिकमन्दीको अवस्था आएको कोषाध्यक्ष फ्राइडेनबर्गले जानकारी दिनुभयो । उहाँले जुन त्रैमासिकको मन्दीले अर्थतन्त्रमा झनै ठुलो असर गर्ने बताउनुभयो । यसअघिको आर्थिकमन्दी भन्दा यसपाली अवस्था झनै नाजुक हुनसक्ने उहाँको भनाई थियो ।

कोरोनाका कारण अष्ट्रेलियाका सवा क्षेत्र, पर्यटन, हवाई, उच्च शिक्षा क्षेत्र पुर्ण वा आंशिक बन्द छ । अधिकांश सेवा क्षेत्र बन्द हुदा लाखौ मानिसले जागिर गुमाएका छन् ।

कोरोनाका कारण अष्ट्रेलियाको सेयर बजार एएसएक्स गत मार्चमा दैनिक ९.७ प्रतिशतका दरले ओरालो लागेको थियो ।
सन् २००९ मा विश्वव्यापी आर्थिकमन्दीका बेला पनि अष्ट्रेलियाको आर्थिक विकासमा असर परेको थियो । त्यतिबेला अर्थतन्त्रलाई बचाउन लेबर सरकारले १ करोड ३० लाख अष्ट्रेलियनलाई ९५० डलरका दरले पैसा बाडेको थियो ।

यसपालीको आर्थिकमन्दीबाट अर्थतन्त्र उकास्न प्रधानमन्त्री स्कट मोरिसनले ५ बिलियन डलर भन्दा बढीको प्याकेज तयार पारेका छन् । खस्कदो अर्थतन्त्रलाई जोगाउन अष्ट्रेलियाले कोरोनाका कारण बन्द सवालाई बिस्तारै खुल्ला गरिरहेको छ ।

नेपालीलाई के असर पर्छ त

अष्ट्रेलियाका नेपाली अर्थविद् डाक्टर सुदर्शन चालिसेले तिन तहका नेपालीको अवस्था हेरेर आर्थिकमन्दीका असर विश्लेषण गर्नु भएको छ । पहिलो तहका मानिएका यहाँको नागरिकता र पिआर लिएका नेपालीलाई खासै ठुलो असर नपर्ने उहाँको तर्क छ । आर्थिकमन्दीलाई उकास्न सरकारले अर्थतन्त्रमा गर्ने लगानीले नागरिकलाई प्रत्यक्ष फाईदा हुने भएकाले पनि यस्तो भएको हो ।

पढाई सकेर पिआर हाल्न भौतारिएका र पढिरहेका नेपाली विद्यार्थीमा खास असर देखिने डाक्टर चालिसेको भनाई छ ।
कोभिडले गर्न सेवा क्षेत्रहरु होटल, रेष्टुरेन्ट, बार, क्याफे, क्लबहरु बन्द भएकाले पनि यसअघि नै नेपाली विद्यार्थीहरु जागिर गुमाएर प्रभावित बनिसकेका छन् ।

दुई महिनापछि विस्तारै यस्ता सेवा क्षेत्र खुल्ने क्रममा भएपनि, कोरोनाको अर्क तरंग आउनसक्ने डरले जतिबेला पनि यी क्षेत्र फेरि बन्द हुनसक्ने डर छ । सरकारले नागरिक र पिआरवालालाई दिएको जब किपर र जब सिकर सुविधा विद्यार्थीले पाएका छैनन् ।

आर्थिक मन्दीले मानिसको खर्च गर्ने क्षमता घट्दा सेवा क्षेत्रको पनि व्यवसाय कम हुन्छ । अधिकांश नेपाली विद्यार्थीहरु सेवा क्षेत्रमै काम गर्ने हुनाले त्यसको असर सिधै त्यस्ता कामदारमा पर्न सक्छ ।

आर्थिक मन्दीका कारण आप्रवासीलाई पिआर दिने नीतिमा परिवर्तन हुन सक्ने संभावना पनि उत्तिकै देखिने अर्थविद् चालिसेको भनाई छ । अहिले पिआरका लागि नम्बर र राज्यको सुविधा कुरिरहेका विद्यार्थीहरु आर्थिकमन्दीका बेला कस्तो नीति आउने हो अन्यौलमा छन् ।
संघिय सरकारले अझै पनि वार्षिक कति आप्रवासीलाई पिआर दिने भनेर संख्या एकिन गर्न सकेको छैन । ब्रिजवेनका माईग्रेसन एजेन्ट नारायण कोईरालाका अनुसार संघिय सरकारले अझै संख्या निर्धारण नगरेका कारण राज्यहरु पनि कहिलेदेखि र कति संख्याका लागि पिआरको आवेदन खोल्ने भन्ने अन्यौल छ ।

उता, संघिय सरकारले घर जग्गा कारोवारमा लगानी बढाएर रोजगारी सृजना गर्ने तथा अर्थतन्त्रलाई सुधार गर्ने रणनीति लिएको छ । यदि यसो हो भने घरजग्गा किन्ने ग्राहक बढाउनका लागि पिआरको संख्या बढाउने संभावना पनि उत्तिकै रहेको अर्थविद् डाक्टर चालिसेको भनाई छ ।

भर्खरै प्रकाशित

प्रदेश प्रमुख अहिराजको प्रशंसनीय काम, दु’र्घटनाका घा’इतेलाई आफैंले उद्धार गरी…

प्रदेश प्रमुखहरूसँगको भेटघाटका लागि प्रदेश भ्रमणमा निस्किएका प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले सडक दु’र्घटनामा घाइते भएकालाई आफैंले उद्धार गरी अस्पताल पठाएका छन्।…

यसरी आइपुग्यो सुन्दरीजलमा मेलम्चीको पानी

२२ फागुन, काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन…

मेलम्चीको पानी ल्याउँदा–ल्याउँदै ओलीको भने, ‘यी लड्डु यस्तो बेलामा खानुपर्छ’

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाण्डौमा ल्याउने काम नेपालका लागि नयाँ सिकाइ र महत्वपूर्ण काम भएको बताउनुभएको छ । मेलम्ची खोलाको पानी…

राष्ट्रपतिले दिइन् मुस्कान खातुनलाई बधाई

वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड जितेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन्। १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको ‘इन्टरनेसनल…

‘मैले कोरेकै गोरेटोमा आइपुगे भन्दै’ विप्लवको नाम लिएर यस्तो भने…

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी (टिम) मा स्वागत गर्न चाहेको र आउनैपर्ने बताएका छन् । शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा…