पर्यटन मन्त्रीले निर्देशन दिएपछि अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र निर्माणको काम तीव्र बनाइयो

काठमाडौ । विश्वमा महामारीको रुप लिईरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण सुस्ताएको अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र निर्माणको कामले पुन गति लिएको छ । सामाजिक दुरी, सेनिटाइजरको प्रयोगलगायतका आवश्यक स्वास्थ्य सवाधानी सम्बन्धि निर्देशिकाको पालना गर्दै निर्माण कार्य लाई तीव्रता दिन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीले निर्देशन दिएपछि गत शनिबार हेटौंडा र काठमाडौंबाट कामदार ल्याई पुन काम तीव्र बनाइएको हो ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधिन पाँच हजार जना अट्ने सभा हल तथा ध्यान केन्द्रको निर्माण कार्य दुई वर्षअघिबाट शुरु भएको हो । ३८ करोड ५६ लाख रुपैयाको लागतमा पहिलो चरणको काम ०७६ चैत ५ मै सम्पन्न गर्नेगरि ०७४ चैत ६ मा सम्झौता भएता पनि यसको शिलन्यास बुद्धजयन्तीको अवसरमा पार्दा केहि महिना पछि (२०७५ बैशाख) धकेलिएको थियो ।

कोरोनाका कारण निर्धारित मितिमा पहिलो चरणको काम सम्पन्न नहुने भएपछि आगामी असारसम्मका लागि अवधि थपिएको छ । ‘यस वर्षको ब्द्ध जयन्तीको कार्यक्रम नयाँ सभा हलमा नै गर्ने भन्ने थियो तर कोरोनाका कारण प्रभावित वन्यो, पहिलो चरणको लागत पनि घटेको छ , लुम्बिनी विकास कोषका सदस्य सचिव ज्ञानिन राइले भने,‘ फल्ससिलिङ लगायतका केहि निर्माण सामाग्री चीनवाट ल्याउने पर्नेछ, ती सामाग्रीले अड्काउने बाहेकको काम अब चाडै पुरा हुन्छ ।’ उनका अनुसार पहिलोृ चरणको निर्माण लागत करिब १० करोड घटेर २८ करोड १३ लाखमा झरेकोे छ ।

पहिलो चरणको ८५ प्रतिशत काम सकिएको पनि राईले बताए । उनले भने ‘ कोरियन प्रविधिबाट बनाउनुपर्ने सभाहलको छाना हाल्न दक्ष कामदार चाहिने तर ती कामदार नभएकाले काम रोकिएको थियो तर हेटौडा र काठमाडौंबाट कामदार ल्याएर अस्तिबाट पुन काम शुरु गरेका छौं ।’ छानो, वाथरुम, , मार्वल हाल्ने लगायतका अलग अलग क्लष्टरमा गरेर कोभिडविरुद्धको स्वास्थ्य निर्देशकाको पूर्ण पालनाका साथ करिव ६० जना कामदारले अहिले काम गरिरहेका छन् । पहिलो चरणको काम सकिए पछि आगामी आर्थिक वर्षमा दोस्रो चरणको काम शुरु हुने कोषका सदस्य सचिव राइले बताए । सभाहलको भित्री साजसज्जा, वाहिर पानीको फोहोरा लगायतका काम दोस्रो चरणमा पर्छन् ।

सन् २०१६ को अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन मनाउँदा पानीले कार्यक्रम नै प्रभावित बनेपछि सोही कार्यक्रममा उपस्थित प्रधानमन्त्री केपी ओलीले आधुनिक र भव्य सभाहल बनाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि आवश्यक प्रकृया शुरु गरेर सभाहल निर्माण थालिएको हो ।

सभाहल तथा ध्यान केन्द्र निर्माण सम्पन्न भएपछि यो स्थल विश्वका बौद्ध धर्म मान्ने देश मात्र नभएर अरु पश्चिमा मुलुकका अध्येता तथा अनुसन्धानकर्ताका लागि पनि आकर्षक गन्तव्य बन्ने बताइन्छ । हजारौ मान्छे एकैचोटी ध्यान गर्न मिल्ने मात्र नभएर ठूला अन्र्तराष्ट्रियस्तरका सभा सम्मेलन गर्न पनि यो उपयुक्त हुने कोषका सदस्य सचिव राइले बताए । लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एसियाकै नमुना सभाहल बनाउन लागेको हो ।

यसको डिजाईन शान्तिको प्रतीक अथवा पोजेटिभ भाईब्रेशनको प्रतिकको चीनोको रुपमा बनाईएको छ । यसको अर्थ ‘ध्यानको बेला हामी अन्धाकार देख्दछौ र त्यसमा हामी उज्यालोको ज्योति खोज्दछौ’ । यस अन्तर्राष्ट्रिय बौद्ध सभाहलमा ध्यान गर्दा आनन्दको अनुभूति प्रदान होस भनी ध्यानकेन्द्रको छानो गोलाकार रुफ ईलिभेसन इलिप्टिकल आकारमा डिजाईन गरिएको छ ।

सो हलमा ध्यान गर्नका लागि प्रत्येक व्यक्तिको लागि १ बर्ग मिटरको क्षेत्रफल राखिएको छ, जसमा एउटा व्लकमा चारजना मानिस बस्ने व्यबस्था मिलाइएको छ ।

आवत जावतका लागि २ मि. चौडाई भएको ठाउबाट भित्र–बाहिर गर्ने व्यबस्था मिलाईएको छ भने फ्लोरमा सेतो रंगको माजाईक र ४ ईन्चको सेतो मार्बलले सिमाङ्गकन गरिएको छ ।

सभाहलमा प्रवचन, भजन, भाषण जुनसुकै कुनाबाट पनि स्पष्ट सन्न सकिने किसिमले अत्याधुनिक स्पीकरको व्यबस्था, कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि भिडियो स्क्रीन तथा पर्याप्त लाईटको व्यबस्था गरिएको छ ।

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…