घोराही। पूर्व सभामुख महराले हस्तान्तरण गरेका स्वास्थ्य सामग्री दाङका स्वास्थ्य कर्मी,सुरक्षा कर्मी र एम्बुलेन्स चालकहरुलाई प्रदान गरिने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
पूर्व सभामुख महराले प्रदान गरेका सामग्रीहरु जिल्ला प्राशासन कार्यालय दाङ मार्फत राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, स्वास्थ्य कार्यालय दाङ, कोरोना बिशेष अस्पताल बेल्झुन्डी दाङ र अग्रपंतिमा खटिने सुरक्षा कर्मीलाई प्रदान गरिनेछ ।
त्यस्तै भारतबाट आफ्नो गृह जिल्ला दाङ भित्रिने नागरिकहरुको संख्या अत्याधिक बढेपछी जतिसक्दो छिटो कोरोना परिक्षण गरेर अवस्थालाई भयावह हुन नदिन पूर्व साभामुख महराले बिशेष पहल गरेका छन् ।
महराको पहलमा ४ हजार थान किट आजै दाङ जिल्लामा भित्रिने महराका स्वकीय सचिव प्रमोद शर्माले बताए ।
समाचार सम्प्रेसनमा अग्रपंतिमा रहने संचारकर्मीलाई पूर्व सभामुख महराले १३ सय थान माक्स हस्तान्तरण गरेका हुन । पूर्व सभामुख महराले नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम र दाङ शाखा अध्यक्ष सविन प्रियासन मार्फत सञ्चारकर्मीहरुलाई एक हजार तीन सय थान मास्क हस्तान्तरण गरेका हुन् ।
पूर्व सभामुख महराले प्रदान गरेका उक्त मास्क घोराही, तुलसीपुर र लमही क्षेत्रका सञ्चारकर्मीलाई प्रदान गरिने नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष प्रियासनले जानकारी दिए ।