साउदीबाट स्वदेश फर्कनपर्ने नेपाली श्रमिकसँग दूतावासले माग्यो थप विवरण

काठमाण्डौ – साउदीबाट नेपाल फर्कन पर्ने नेपाली श्रमिकसँग त्यहाँ रहेको नेपाली दूतावासले थप विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

सरकारले तोकेको प्राथमिकतामा परेका नेपालीको स्वदेश फिर्तीको सहजीकरणका लागि थप कागजता आवश्यक रहेको दूतावासले जनाएको छ ।

प्राथमिकतामा पर्नेले म्याद भएको बहिर्गमन भिसा, राहदानीको कपि, बिरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, औषधिको प्रेस्किप्सन, आफन्तको मृत्यु भै काजकिरियाका लागि नेपाल जानुपर्नेको हकमा कारणसहितको स्वघोषणा, नेपाल जानुपर्ने विद्यार्थीहरुको अध्ययन सकिएको वा बिदा आदिको कागजात उपलब्ध गराउनु पर्नेछ ।

कागजात दूतावासको ह्वाट्स्एपमा नम्बर ०५०००३१७०५ मार्फत, इमेल [email protected] मार्फत पठाउन सकिनेछ । अन्य कुनै जानकारी वा जिज्ञासा भएमा दूतावासमा ९०११४६१११०८, ०५५९३८९६०० नम्बरमा फोन गर्न अनुरोध गरिएको छ ।

भर्खरै प्रकाशित

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…

माधव नेपालप्रति संकेतगर्दै ओलीले भने, गल्ती महसुस गरेर आए पार्टीमा…

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता…