कृषि उपज नष्ट गर्नेमाथि कारवाहीको माग

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि कोरोना सर्ने भन्दै उपज नष्ट गर्नेमाथि कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । मंगलबार पत्र पठाउँदै कृषि मन्त्रालयले कृषि उपजको उत्पादन, ढुवानी र बजारमा अवरोध गर्नेमाथि कारबाहीको माग गरेको छ ।

यसअगाडि पटक-पटक आग्रह गरिएपनि कृषि उपजको उत्पादन, ढुवानीमा अवरोध भएको भन्दै कृषि मन्त्रालयले गृह मन्त्रालयलाई पत्र नै लेखेको छ । कृषि उपज नष्ट गर्ने अवान्छित क्रियाकलापले कृषकहरुको उपज खेर जाने मात्र नभई मनोबल खस्कने, उत्पादन घट्ने र खाद्य वस्तुको आपूर्ति शृङ्खला अवरुद्ध हुन गई खाद्य संकटको अवस्था हुन सक्नेछ’, पत्रमा उल्लेख छ ।

कपिलवस्तुबाट अर्घाखाँची ढुवानी भएको तरकारी कोरोना सर्ने भन्दै प्रमुख जिल्ला अधिकारीकै निर्देशनमा नष्ट गरिएको छ । कास्कीमा पनि त्यस्तै काम भएको छ । उक्त कार्यको सञ्चार माध्यम एवम् सामाजिक सञ्जालहरुमा तीव्र बिरोध भइरहेको छ ।

कृषि मन्त्रालयले कृषि उपज नष्ट गर्ने कार्यमा संलग्नलाई कारवाही गर्दै सहज रुपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिन आग्रह गरेको छ ।

पत्रमा भनिएको छ, ‘बन्दाबन्दीको कारणले कृषिजन्य वस्तुहरुको उत्पादन एवम् ढुवानीको कार्य सुचारु हुन नसकेको तथाकतिपय स्थानीय तहहरुले देशभित्रकै अन्य स्थानबाट ढुवानी भएका कृषि तथा पशुजन्य उत्पादन आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिने र ढुवानी भएका सामग्रीहरु जफत गरी नष्ट गरिदिने जस्ता कार्यहरु गरेको देखिन्छ ।’

अर्घाखाँचीमा जस्तै पोखरा महानगरपालिकाले पनि अन्यत्रबाट आएको तरकारी रोक लगाएको छ । कर्णाली प्रदेशले त अरु ठाउँबाट सबै खाद्य वस्तु रोक लगाउने निर्णय नै गरेको छ ।

भर्खरै प्रकाशित

मन्त्रीहरूको कार्यभार तोकियो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार कृष्णगोपाल श्रेष्ठलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री र मन्त्रीहरूको कारभार तोकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारको सिफारिसबमोजिम कार्यभार तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।…

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हा’नेपछि….

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल…

चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ। ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले…

माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन, जातीय विभेदविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका…

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री…