विद्युत् बचत गर्ने नाममा महँगा विद्युतीय गाडीलाई कर छुट दिइन्न : अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री डा. युवराज खतिवडाले सर्वसाधारण जनताले न्यून मूल्यका गाडीबाट लाभ लिन सक्ने भएकाले विद्युत् बचत गर्ने नाममा महँगो विद्युतीय गाडी किनेर रकम विदेशिन नहुने स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/७८ को बजेटमाथिको छलफल को प्रत्युत्तरमा चित्त नबुझाई थप प्रश्न सोधिएपछि उनले सार्वजनिक यातायातलाई प्रश्रय दिने सकारको नीति रहेको स्पष्ट गर्दै विद्युतीय गाडीका कतिसम्म मूल्यका गाडीलाई कर छुट दिने भन्ने बहसको विषय भएको बताए ।

अर्थमन्त्री खतिवडाले विद्युतीय सवारीमा लगाइएको कर अरु सवारीको तुलनामा ५० प्रतिशत कम रहेको बताए । उनले पहिले एउटै रहेको विद्युतीय सवारी साधानको कर अहिले कमजोर र सम्पन्नले प्रयोग गर्ने विद्युतीय सवारीलाई ६ प्रकारमा वर्र्गीकरण गरी गरि कर निर्धारण गरेको संसदलाई जानकारी गराए ।

महंगा सवारी साधन आयात गर्दा विद्युतीय खपत बढेपनि ठूलो परिमाणमा विदेशी मुद्रा पनि बाहिरिने भएपछि विलासी सवारी साधनमा करको दरमा वृद्धि गरेको उनको भनाई छ ।

उनले सार्वजनिक यातायतको सवारी साधानमा रहेको १ प्रतिशतमा भन्सारमा भने परिवर्तन नगरिएको प्रष्ट पारे । विलासीताका निजी सवारी साधानमा छुट दिनु उपयुक्त नरहेको बताउँदै उनले त्यसबारे सोचेरै यो निर्णय गरेको बताए ।

यस्तै स्वास्थ्य सामग्री खरीदमा अनियमितता र उपलब्धताबारे सोधिएका प्रश्नमा मन्त्री खतिवडाले त्यस प्रकारको प्रक्रियाबमोजिम नै खरीद गरिएको र केही जिम्मेवारी नेपाली सेनालाई पनि दिइएको बताए ।

नाफा नकमाउनेलाई कर तिर भनेको होइन,नाफा गर्नेले कर तिर्दिन भन्न पाइन्न

सरकारले यस अघि नै जेठ २५ गते सम्म छुट दिएकोले,तालिका अनुसार नै विभागले सूचना जारी गरेको अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखाले जनाएको छ।

“सरकारले यस अघि नै जेठ २५ सम्मको समय दिएको हो। सोही अवधि अनुसार आन्तरिक राजस्व विभागले कर दातालाई सूचित गरेको हो। करदाताले जरिवाना शुल्क,थप दस्तुर,ब्याज तिर्न बाट जोगिउन् भन्दै सूचना निकालिएको हो” राजस्व व्यवस्थापन महाशाखा स्रोतले बतायो। यति बेला व्यवसायीलाई दुख दिने सरकारको मनसाय कतै पनि नरहेको राजश्व महाशाखाको भनाइ छ।

सरकारले आम्दानीमा मात्रै कर लिने हो। आम्दानी छैन भने सरकारले कर लिँदैन भन्नेमा व्यवसायीले स्पष्ट हुन जरुरी छ। पछिल्लो समय गरिएको कारोबार विवरण बुझाउन मात्रै भनिएको हो। विवरण बुझाउन कर कार्यालय पुगिरहनु पर्दैन। अनलाइनबाट विवरण बुझाउन सकिन्छ।

कारोबार विवरणमा आम्दानी देखिएन भने कर बुझाऊ नै पर्दैन । विवरण मात्रै बुझाए पुग्छ। लकडाउन अवधिमा थोरै आम्दानी भएको भए कारोबार अनुसार कर बुझाउन भनिएको हो। आम्दानी भएपछि त कर बुझाउनै पर्छ। बुझाउँदिन भन्न करदाताले मिल्दैन।

कर बुझाउन समस्या भए विभागमा सम्पर्क गर्न महाशाखाले भनेको छ। उसका अनुसार कर दातालाई स्थानीय सरकारको सहयोगमा कार्यालयसम्म आउने व्यवस्था राजस्व विभागले मिलाउने अर्थ मन्त्रालय स्रोतको भनाइ छ। अझै कर समेत अनलाइन बाटै दाखिला गर्न सकिने व्यवस्था रहेकोले, त्यसको प्रयोग गर्न महाशाखाले सुझाएको छ।

यता आन्तरिक राजस्व विभागले समेत सबै व्यवस्था गरेको जनाएको छ। “सरकारले गरेको निर्णयलाई हामीले सूचित मात्रै गरेको हो। तोकिएकै समयमा आउँदा अनलाइन भर्ने सुविधा छँदै छ। इ पेमेन्ट गर्ने सुविधा छ। त्यति गर्न समेत कर दातालाई असुविधा भए बैंकसम्म आउन कर कार्यालयले कुनै सहजीकरण गर्नुपर्ने भए,आन्तरिक राजस्व कार्यालय र सम्बन्धित कर कार्यालयले सहजीकरण गरिदिन सकिन्छ ” आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरले भने।

यता व्यवसायीले भने आन्तरिक राजश्व विभागले यही जेठ २५ गतेभित्र कर तथा कर विवरण बुझाउन निर्देशन दिएकोमा असन्तुष्टि जनएका छन्। विभागले मङ्गलवार एक सूचना जारी गर्दै जेठ २५ गतेसम्ममा कर तथा कर विवरण नबुझाएमा शुल्क,थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने बताएको छ। लकडाउनमा कुनै कारोबार नै नभएको बेलामा व्यवसायीलाई करको बोझ थोपरिएको जनाएका छन्। व्यवसायीले कुनै हालतमा कर तिर्न नसकिने बताएका छन् । यसलाई सच्याउनु पर्ने व्यवसायीको माग छ।

मूल्य अभिवृद्धि कर (भ्याट),अन्त शुल्क आयकर कर दाताको कबुले बमोजिम वा आन्तरिक राजस्व विभागले तोके बमोजिम तिर्नु पर्छ। अन्त:शुल्कको हकमा प्रवृत्ति अनुसार मासिक वा वार्षिक अथवा सामान निकाल्नु पूर्व पनि दाखिला गर्न सकिन्छ।

आयकरको हकमा टिडिएस मासिक दाखिला गर्नुपर्छ र अन्यको हकमा प्रत्येक तीन महिनामा दाखिला गर्नु पर्छ। नियम अनुसार असोज मसान्त,पुस , चैत र असार मसान्तमा दाखिला गर्न सकिन्छ।

अभिवृद्धि कर (भ्याट)को हकमा करदाताको रोजाइ अनुसार मासिक,दुई मासिक र चौमासिक बुझाउन सक्ने व्यवस्था रहेको कर अधिकारीले बताए।

यिनै दाखिला गर्नु पर्ने करहरूको प्रकृति अनुसार माघ देखिनै कर दाताले कर दाखिला गर्न वाँकी छ। सोही करहरू जेठ २५ सम्म बुझाउन आन्तरिक राजस्व विभागले मङ्गलवार तागेता गरेको हो।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…