नेपालकै जग्गामा मुसहर समुदायले घर निर्माण गर्न खोज्दा भारतीय एसएसबीको अवरोध

जनकपुरधाम : नेपाल-भारत दशगजा क्षेत्रमा अति बिपन्न मुसहर समुदायका लागि प्रदेश सरकारले सुरु गरेको घर निर्माणको काममा भारतीय सीमा सुरक्षाकर्मी (एसएसबी) ले अवरोध गरेको छ।

महोत्तरीको मनरासीसवा नगरपालिका-१० मधवा गाउँमा संघीय सरकारको अनुदानमा प्रदेश सरकारमार्फत संचालित जनता आवास कार्यक्रम अन्तर्गत ४७ वटा घर निर्माण कार्य सुरु भएको थियो। दुई कोठे पक्की घर निर्माणका लागि प्रतिघर ३ लाख ३६ हजार रुपैयाँ बजेट छुट्याइएको छ। तर, भारतीय पक्षको अवरोधले मुसहरको पक्की घरको सपना अधुरो भएको छ।

वर्षौदेखि माटोको झुपडीमा जीवन काटिरहेका विपन्न मुसहरलाई यस आर्थिक वर्षमा दुई कोठे पक्की घर बनाएर दिने प्रदेश सरकारको योजना भएपनि भारतीय एसएसबीको अवरोधले काम रोकिएको हो।

दशगजामै रहेको मुसहर बस्तीमा ४७ मुसहरले लालपूर्जा देखाएपछि उनीहरुको घर निर्माणको गर्ने निधो गरिएको थियो। सीमानाका पिलर भन्दा ४० फिट टाढा पर्ने जग्गामा मात्रै निर्माण गर्ने गरी जग खनेर १५ दिन अगाडि सो क्षेत्रकी निर्वाचित सांसद रानी शर्मा तिवारीले शिलान्यास गरिन्। तर, निर्माण सुरु हुन नपाउँदै एसएसबीले अवरोध गरेको मुसहरीका बेचन सदाले बताए।

दशगजा क्षेत्रमा कुनै पनि निर्माण गर्ने कानुनी प्रावधान छैन् भन्दै काम रोकाएका हुन्,’ बेचनले भनेर्, अब यो हावाहुरी र बर्षातको बेला पक्की घरको आशमा भएको घर पनि भत्कायौँ अब ओत लाग्ने ठाउँ पनि छैन्।’

नेपालकै जग्गामा आफ्ना नागरिकको लागि घर निर्माण गर्दा भारतीय एसएसबीले अनावश्यक विवाद सिर्जना गरेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका डिभिजनल इन्जिनियर विनोद यादवको भनाइ छ।

‘वर्षौदेखि दशगजाको नेपाली भू–भागमा मुसहर परिवार बस्दै आएका छन्,’ इन्जिनियर यादवले भने, ‘जग्गामा मुसहरकै स्वामित्व रहेको भन्दै स्थानीय निकायले सिफारिस गरेपछि निर्माणको अनुमति दिएका थियौं। तर, अहिले काम रोकिएको छ।’

विवादको टुंगो लगाउन मंगलबार सीमा नापी गर्ने अमिनलाई बोलाई नेपाल र भारतीय पक्षबीच छलफल डाँकिएको यादवले जानकारी गराए। तीनवटा घरको कुर्सी निर्माण भइसकेको र अन्यका लागि निर्माण सामग्री खसालिसक्दा काम रोकिएको सो क्षेत्रबाट निर्वाचित सांसद रानी शर्मा तिवारीले बताइन्।

‘एसएसबीले ६० फिट छाडेर निर्माण गर्न भन्छ,’ तिवारीले भनिन्र्, ६० फिट छाड्यो भने ति गरिबसँग एक इन्च जग्गा पनि बच्दैन् उनीहरु सुकुम्बासी हुन्छन्।’

पुस्तौदेखि सोही जग्गामा बस्दै आएका मुसहरलाई अन्यत्र कतै सारेर घर निर्माण गर्न खोज्दा सो क्षेत्रमा ऐलानी जग्गा समेत नभएकोले साह्रै समस्या आइपुगेको तिवारीले सुनाइन्। ‘यस क्षेत्रको जनप्रतिनिधिको हैसियतले मैले सक्दो गरिबको घर बनोस् त्यसका लागि प्रयास गर्दैछु,’ उनले भनिन्, ‘यस्तो महामारीको बेला उनीहरुको भएभरको घर तोडेर नयाँ घर निर्माण सुरु भएको थियो। तर, त्यो पनि अवरुद्ध भएपछि उनीहरुको बिच्चली भएको छ।’

भर्खरै प्रकाशित

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

काठमाडौं : नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने…

ईश्वर पोखरेलले सर्वोच्चका न्यायाधीशलाई भने : “तिमी भन्दा शक्तिशाली जनता…

काठमाडौं । नेकपा ओली समूहका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला प्रति असहमति जनाएका छन् । आफू निकट विद्यार्थीले राजधानीमा…

केपी ओलीले नै सरकारको नेतृत्व गरिरहनुहुन्छ : मुख्यमन्त्री राई

ओखलढुङ्गा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री…

देउवालाई भेट्न पुगे नेपालका लागि चीन र भारतका राजदूत

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि भारत र चीनका राजदूतले एकै दिन फरक÷फरक समयमा भेटघाट गरेका छन्। बिहीबार देउवा निवास बूढानिलकण्ठमा चिनियाँ…

मास्टर सेफ ‘युके’ का उपविजेता सन्तोष साह नेपाल फर्किए, विमानस्थलमा…

मास्टर सेफ ‘युके’ मा उपविजेता सन्तोष साह नेपाल फर्किएका छन्। बिहिबार काठमाडौं ओर्लिएका साहलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्था र नेपालका सेफहरुले उनलाई…