जुन १० कै आसपासमा नेपाल भित्रने अनुमान, भारतको केरलासम्म आइपुग्यो

काठमाण्डौ । यसपालीको मनसुन जुन १० कै आसपासमा भित्रिने मौसमविद्ले अनुमान गरेका छन् ।

यसअघि एक हप्ता ढिलो गरी मनसुन भित्रिने भनिए पनि अहिले अरब सागरमा न्यूनचापीय प्रणाली विकास भएकाले जुन १० तारिखकै आसपासमा मनसुन भित्रिने अनुमान गरिएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतको केरलासम्म मनसुन भित्रिसकेकाले पनि बेलैमा मनसुन भित्रने अनुमान गरिएको हो । दक्षिण पूर्वी अरब सागरमा रहेको न्यूनचापीय क्षेत्र उत्तरतर्फ सरिरहेको र चक्रवात बन्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुन समयमा नै भित्रिए बालीनालीलाई एकै पटक सखाप पार्ने फौजी किरा पनि नेपाल प्रवेश गर्न नपाउने विज्ञले बताउँदै आएका छन् ।

यो प्रणाली उत्तरपूर्व सर्ने क्रममा रहेकाले नेपालका केही ठाउँमा बिहीबारदेखि तीन दिन वर्षा हुने अनुमान गरिएको मौसमविद् कँडेलले बताउनुभयो । यस्तै यही प्रणालीको प्रभावका कारण पश्चिमका हिमाली जिल्लामा हिमपातको सम्भावना पनि छ ।

आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । तर न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण बेलुका पख केही पहाडी क्षेत्रमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

भर्खरै प्रकाशित

जात थाहा पाएपछि कोठा नदिने घरबेटीविरुद्ध रूपा सुनारले प्रहरीमा दिइन्…

तल्लो जातको भन्दै कोठा भाडा नदिएको घरबेटीविरुद्ध सञ्चारकर्मी रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् । संचारकर्मी सुनारले तल्लो जात भन्दै कोठा भाडा नदिएकी काठमाडौं महानगरपालिका–…

युरोपको एउटा ‘फुच्चे’ देश कसरी फुटबलको महाशक्ति बन्यो ?

खेलकुदको दुनियाँमा यो ठूलो उपलब्धिमध्येको एक हो । यस ग्रहकै सबैभन्दा लोकप्रिय खेलमा कसरी एउटा सानो देश पहिलो वरीयताको टोली बन्यो ? मात्र १ करोड…

उत्तर कोरियामा लाग्दैछ भोकमरी, प्रतिकेजी केराको मूल्य ४५ डलर

पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम जोङ उनका विभिन्न तस्बिरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेका छन्। किमले अन्तर्राष्ट्रिय राजनीतिमा केही असर पर्ने काम गरेकाले उनका तस्बिर…

प्रहरीले छानविन गर्न थालेपछि माफी मागिन् ज्वाला सङ्ग्रौला

ट्राफिक प्रहरीले लाइसेन्स माग्दा रंगभेदी दुर्व्यवहार गर्ने ज्वाला सङ्ग्रौला र उनको समूहविरुद्ध मु’द्दा चलाउन प्रहरीले छानविन अघि बढाएको छ । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने…

‘एक्स ९’मा सुनिल सेट्टीलाई अफर, अनमोलसँग होला पर्दा शेयर ?

चलचित्र ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले निर्देशन गर्न लागेको तेश्रो चलचित्र ‘एक्स ९’का लागि बलिउड नायक सुनिल सेट्टीलाई अफर गरिएको छ…