नेपाल आउन नदिएको भन्दै भारतीय एजेन्टले रोके भन्सार जाँचपास प्रक्रिया

काठमाडौं । भारतको सुनौली भन्सारलाई केन्द्र नबाएर काम गर्ने भारतीय ट्रान्पोर्टर र क्लयेरिङ एजेन्टले काम बन्द गर्ने घोषणा गरेका छन् । भन्सार क्लेयरिङ प्रक्रियाका लागि नेपालको भैरहवाको भन्सार कार्यालयमा आएर काम गर्न नदिईएको भन्दै उनीहरुले भन्सार जाँचपासको प्रक्रिया रोक्ने निर्णय गरेका हुन् ।

यसको जानकारी उनीहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देही र भैरहवा भन्सारलाई पनि दिएका छन् । भारतको सुनौली ट्रान्सर्पोट एन्ड क्लेयरिङ एसोसियसनले लेखेको पत्रमा भन्सार जाँचपास गर्न भैरहवा भन्सार कार्यालयसम्म आउन नपाउँदा अनेकन समस्या भएको उल्लेख छ ।

एजेन्टहरु नेपाल आउन नपाउँदा भारतबाट छुटेका गाडी नेपाली भन्सरमा २/३ दिन रोकिएको एसोसियसनको गुनासो छ । गाडीलाई भाडा दिन, नेपालमा भन्सार रजस्व जम्मा गर्न, नेपाल इन्टरमोडलको रसिद काट्न, भन्सारबाट गाडी निकाल्न र सामान जाँच गर्न धेरै समय लागेको संघले बताएको छ ।

यस्तो समस्या हल गर्न भारतबाट नेपालतर्फ आउन लाग्दा बेलहिया प्रहरीले रोकेकाले समस्या थपिएको एसोसियसनले पत्रमा उल्लेख गरेको छ ।

संघले भारतीय एजेन्टलाई तुरुन्त नेपालतर्फको भन्सारमा काम गर्न आउन दिने व्यवस्था माग गरेको छ । त्यसका लागि एसोसियसनले परिचय खुल्ने गरी परिचयपत्रको व्यवस्था गर्ने प्रतिवद्धता गरिएको छ । एजेन्टहरुले काम सेकपछि आफूहरु स्वदेश फर्किहाल्ने बताएका छन् ।

यदि आफ्नो शर्तहरु पुरा नभएसम्म भन्सार जाँचपासमा सहजीकरणको काम बन्द गर्ने उनीहरुको चेतावनी छ । अनलाइनखबरबाट 

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…