अष्ट्रेलिया चीन विवाद : अष्ट्रेलियाभन्दा चीन कति शक्तिशाली छ ?

सिड्नी । अमेरिकाको साथ दिएको भन्दै पछिल्लो समय चीन अष्ट्रेलियासँग अति रुष्ट रहेको छ । चीन र अष्ट्रेलियाबीच व्यापारिक सम्बन्धमा पनि टकरावको स्थिति सिर्जना भएको छ । एक महिना अगाडि अष्ट्रेलियाले अमेरिकाको समर्थन जनाउँदै चीनमा कोरोना भाइरसबारे अनुसन्धान गरिनुपर्ने मागप्रति सहमति जनाएको थियो ।

त्यसपछि लगातार अष्ट्रेलिया र चीनको सम्बन्धमा दरार पैदा भएका छन् । अष्ट्रेलियाबाट आउने ठुलो संख्याका चीनमा आउने विभिन्न सामाग्रीलाई लिएर पछिल्लो समय दुई देशबीच गर्मागर्मीको अवस्था रहेको छ ।

मिडिया रिपोर्टका अनुसार अष्ट्रेलियाका सामाग्रीमा चीनले ८० प्रतिशतसम्म कर लगाएको छ । त्यस्तै अष्ट्रेलियाबाट आउने विफमा समेत चीनले स्वास्थ्य समस्या देखाउँदै रोक लगाएको छ ।

पछिल्लो समय यी दुई देशबीच को कति शक्तिशाली भन्ने पनि चर्चा चलेको छ । अष्ट्रेलियाभन्दा चीन अधिक शक्तिशाली देश हो । विश्वकै शक्तिशाली देशको रुपमा परिचीत चीन र अष्ट्रेलियाबीचको सैन्य क्षमता कति छ त ?

चीनको मिलिटरी बजेटमात्रै २८८ बिलियन डलर रहेको छ । तर, अष्ट्रेलियाको मिलिटरी बजेट जम्मा २५ बिलियन रहेको छ । सैन्य बलका लागि ३८ करोड ५८ लाख जनसंख्या चीनमा तयार रहेका छन् भने अष्ट्रेलियामा ५३ लाख १६ हजारभन्दा बढी रहेका छन् ।

चीनसँग ७ हजार ७७६० मिलिटरी ट्यांक रहेका छन् । तर, अष्ट्रेलियासँग जम्मा ५९ वटा ट्यांक रहेका छन् । त्यस्तै चीनसँग लडाकु सवारीसाधन ६ हजारको हाराहारीमा रहेका छन् । अष्ट्रेलियासँग २५८० वटा रहेका छन् ।

चीनसँग कुल आर्टिलरी ९७२६ रहेका छन् । अष्ट्रेलियासँग जम्मा २३५ वटा रहेका छन् । चीनसँग स्वचालित आर्टिलरी १७१० वटा रहेका छन् । अष्ट्रेलियासँग एउटा पनि रहेको छैन । त्यस्तै चीनसँग रकेट आर्टिलरी १७७० वटा रहेका छन् भने अष्ट्रेलियासँग एउटा पनि रहेको छैन ।

चीनसँग कुल ४१८२ वटा एयरक्राप्ट रहेका छन् । अष्ट्रेलियासँग ४५० वटा रहेका छन् । त्यस्तै चीनसँग फाइटर इयरक्राप्ट ११५० वटा रहेका छन् । चीनसँग मल्टीरोल एयर क्राप्ट ६२९ वटा रहेका छन् भने अष्ट्रेलियासँग ९७ वटा रहेका छन् ।

त्यस्तै चीनसँग ११७० वटा सैन्य हेलिकप्टर रहेका छन् । अष्ट्रेलियासँग जम्मा १८७ वटा रहेका छन् ।

चीनसँग कुल नाभल ७८० वटा रहेका छन् । अष्ट्रेलियासँग ४९ वटा रहेका छन्

भर्खरै प्रकाशित

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…

माधव नेपालप्रति संकेतगर्दै ओलीले भने, गल्ती महसुस गरेर आए पार्टीमा…

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता…