‘एमसीसी पास नभए प्रसारण लाइन निर्माणकाे लागि जेट कसरी व्यवस्थापन हुन्छ ?’

काठमाण्डौ। नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले एमसीसी सम्झौता संसदबाट अनुमोदन नभए प्रसारण लाइन निर्माणकाे लागि बजेट कसरी व्यवस्थापन हुन्छ भन्दै प्रश्न गर्नुभएको छ ।

सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) आए पनि वा नआए पनि प्रसारण लाइन निर्माण हुने भनिरहेको प्रसङ्गमा उहाँले एमसीसी नभए स्रोतको व्यवस्थापनबारे प्रश्न गर्नु भएको हो ।

बजेट विनियोजन विधेयकमाथिको छलफलमा उहाँले भन्नुभयो, ‘विचार गर्न नै कठिनाइ भयो । एमसीसी आए पनि/नआए पनि प्रसारण लाइन बन्ने भन्नुभएको छ । तर आएन भने त्यो पैसा कहाँबाट ल्याउने ?’

ऋणबाट बनाउने कि राजस्वबाट बनाउने भन्ने कुराको टुङ्गो लगाउन उहाँले आग्रह गर्नुभयो । स्रोत व्यवस्थापनको टुङ्गो नलगाइ संसदको अपमान हुने गरी विनियोजन विधेयकमाथि छलफल नगर्न उहाँले आग्रह गर्नुभयो ।

सांसद देवेन्द्र कँडेलले विद्युतीय सवारी, डिजेल पेट्रोलमा बढाइएको करमा असन्तुष्टि व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले सन् २०२० सम्म कुल सवारीको २० प्रतिशत सवारी विद्युतीय हुने घोषणा गरे पनि त्यो अनुसार अर्थ मन्त्री अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो ।

भर्खरै प्रकाशित

जात थाहा पाएपछि कोठा नदिने घरबेटीविरुद्ध रूपा सुनारले प्रहरीमा दिइन्…

तल्लो जातको भन्दै कोठा भाडा नदिएको घरबेटीविरुद्ध सञ्चारकर्मी रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् । संचारकर्मी सुनारले तल्लो जात भन्दै कोठा भाडा नदिएकी काठमाडौं महानगरपालिका–…

युरोपको एउटा ‘फुच्चे’ देश कसरी फुटबलको महाशक्ति बन्यो ?

खेलकुदको दुनियाँमा यो ठूलो उपलब्धिमध्येको एक हो । यस ग्रहकै सबैभन्दा लोकप्रिय खेलमा कसरी एउटा सानो देश पहिलो वरीयताको टोली बन्यो ? मात्र १ करोड…

उत्तर कोरियामा लाग्दैछ भोकमरी, प्रतिकेजी केराको मूल्य ४५ डलर

पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम जोङ उनका विभिन्न तस्बिरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेका छन्। किमले अन्तर्राष्ट्रिय राजनीतिमा केही असर पर्ने काम गरेकाले उनका तस्बिर…

प्रहरीले छानविन गर्न थालेपछि माफी मागिन् ज्वाला सङ्ग्रौला

ट्राफिक प्रहरीले लाइसेन्स माग्दा रंगभेदी दुर्व्यवहार गर्ने ज्वाला सङ्ग्रौला र उनको समूहविरुद्ध मु’द्दा चलाउन प्रहरीले छानविन अघि बढाएको छ । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने…

‘एक्स ९’मा सुनिल सेट्टीलाई अफर, अनमोलसँग होला पर्दा शेयर ?

चलचित्र ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले निर्देशन गर्न लागेको तेश्रो चलचित्र ‘एक्स ९’का लागि बलिउड नायक सुनिल सेट्टीलाई अफर गरिएको छ…