अमेरिकमा आन्दोलन चर्किएपछि करिब एक घण्टा सुरुङमा बसे ट्रम्प

काठमाडौं । गत शुक्रबार राति अमेरिकाको ह्वाइट हाउसमा भएको प्रदर्शनको कारण करिब एक घण्टा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अण्डरग्राउण्ड सुरुङमा राखिएको   खुलेको छ । सीएनएनका अनुसार ह्वाइट हाउसका एक अधिकारीले करिब एक घण्टा उनलाई सुरुङमा राखिएको हो । उनीसँगै अमेरिकी फर्स्ट लेडी मेलिना ट्रम्प उनीहरुका छोरा ब्यारोनलाई सुरुङमा राखिएको थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार शुक्रबार राति ह्वाइटहाउसअघि सयौं मानिस भेला भएर प्रदर्शन गर्न थालेपछि सेक्रेट सर्भिस एजेन्टहरुले ट्रम्पलाई सुरुङमा लगेर राखेका थिए ।

अमेरिकामा कुनै आ तंकवादी आ क्रमणजस्ता आ पतकालीन अवस्था आउँदा राष्ट्रपतिलाई सुरक्षित राख्ने प्रयोजनका साथ उक्त सुरुङ निर्माण गरिएको हो । यद्यपि आधिकारिक रुपमा भने यस घटनाबारे कुनै जानकारी दिइइएको छैन । यसबारे जानकारी दिएका अधिकारीलाई पनि यसबारे बोल्ने अनुमति दिइएको थिएन ।

अमेरिकामा जर्ज फ्लोयडको गत मे २५ मा भएको प्रहरी अधिकारीबाट मृ त्यु भएपछि भडि्एको आन्दोलनको कारण अहिले अमेरिकाभर तनावको अवस्था सृजना भएको छ । शुक्रबार ह्वाइट हाउस कम्प्लेक्समा सन् २००१ सेप्टेम्बर ११ मा भएको आ क्र मणपछि सबैभन्दा ठूलो सतर्कता अपनाइएको थियो । स्रोत : सीएनएन, एपी

भर्खरै प्रकाशित

राष्ट्रपतिले दिइन् मुस्कान खातुनलाई बधाई

वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड जितेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन्। १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको ‘इन्टरनेसनल…

‘मैले कोरेकै गोरेटोमा आइपुगे भन्दै’ विप्लवको नाम लिएर यस्तो भने…

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी (टिम) मा स्वागत गर्न चाहेको र आउनैपर्ने बताएका छन् । शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा…

केपी ओली एकदमै गन्हाउने कुहिएको अण्डा, त्यसलाई गाडिन्छ या जलाइन्छ…

नेकपा अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरू एकदमै राम्रा पनि हुने र ती बिग्रिन थाले भने कुहिएको अण्डा हुने बताएका छन्। अहिले प्रधानमन्त्री त्यही कुहिएको अण्डा भएको…

दुई दशकपछि मेलम्चीको पानी काठमाडौं झर्यो

काठमाडौँ, २२ फागुन । दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ। शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची…

पाटनबाट ३७ वर्षअघि चोरिएको मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गर्‍याे

काठमाण्डाै – ललितपुरको पाटनबाट हराएको वासुदेव-कमलाजा (लक्ष्मी-नारायण) को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । वासिङ्टनमा रहेको नेपाली दूतावासमा भएको कार्यक्रममा अमेरिकाले नेपाललाई ३७ वर्षअघि…