अर्थमन्त्रीको खुलासा : नेपालमा एमसीसी कार्यक्रम तीन वर्षदेखि सञ्चलन हुँदै आएको छ

काठमाडौं । एमसीसीको सहयोगमा गएको तीन वर्षदेखि नै सरकारले आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आएको खुलासा भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै सो कुराको खुलासा गरेका हुन् । उनले सोही अनुसार यो वर्ष पनि एमसीसीका कार्यक्रम बजेटमा समावेश गरेको जानकारी दिए ।

‘तर अमेरिकी सहयोग एमसीसीको सहयोग रकम त्यो बेला मात्रै निकासा हुन्छ त्यो बेला मात्रै निकासा हुन्छ । जुन बेला संसदमा विचाराधीन रहेको सम्झौतापत्र यो संसदले अनुमोदन गर्छ ।

त्यो नगरुन्जेल यथावत नै रहन्छ’, अर्थमन्त्रीको जवाफ छ । त्यस्तै अर्थमन्त्री खतिवडाले सरकारले बनाएको वैदेशिक सहायता नीतिका आधारमा त्यस्ता सहायता राष्ट्रिय बजेटमा, राष्ट्रिय हितमा र राष्ट्रिय स्वार्थमा मात्रै प्रयोग गर्ने गरेको बताए ।

‘यसरी सहायता प्रदान गर्दा हामी बजेट सहयोगलाई प्राथमिकता दिन्छौ’, उनले सवै प्रकारका सहायतामा यही नियम लागू हुने पनि बताए ।

सरकारले यसअघि एमसीसीको नाम नलिएपनि त्यस अन्तर्गतका कार्यक्रम नीति तथा कार्यक्रम र बजेटमा राखेको थियो । त्यसमार्फत चार सय विद्युत प्रसारण लाइन निर्माण गर्ने सरकारको तयारी छ ।

तर यो विषयमा सत्तारुढ दलकै नेताहरुले विरोध गरेपछि गत शनिबार बसेको नेपाल कम्युनिस्ट पाटी (नेकपा)को सचिवालय बैठकले सम्झौता संसदले अनुमोदन नगरेसम्म काम अघि नबढाउन सरकारलाई निर्देशन दिएको थियो ।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…