हिउँ छिचोल्दै पहिलोपटक हिल्सा पुग्यो सशस्त्र प्रहरी, चाँडै बिओपी स्थापना गरिने

काठमाडाैं । चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने भएको छ । सशस्त्रको ४४ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक मोहन विष्टको नेतृत्वमा दशजनाको टोली हिउँले ढाकिएको चार हजार मिटर अग्लो नारा लेक छिचोलेर हिल्सा पुगेको छ ।

टोलीले घर भाडामा लिनेदेखि अन्य व्यवस्थापनका काम सकेपछि औपचारिक रूपमा बिओपी स्थापना गरिने प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् । हिल्साको बिओपीमा इन्स्पेक्टरको नेतृत्वमा ३५ जनाको टोली खटिनेछ । गत वर्ष नै निर्णय भएको भए पनि हिल्सामा बिओपी स्थापना हुन सकेको थिएन ।

बिओपीले सीमा सुरक्षासँगै सीमामा हुने अन्य आपराधिक र गैरकानुनी गतिविधिको पनि निगरानी गर्नेछ । यसअघि हिल्सामा नेपाल प्रहरीको टोलीले सीमा सुरक्षाको काम गरिरहेको थियो । हिमपातसँगै चिसो बढेपछि गत मंसिरदेखि टोली नाम्खा गाउँपालिकाको मुचुमा सरेको छ । नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ ।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…