चीनसँग युद्धका लागि तयार रहन भारतलाई अमेरिकी सुरक्षा विशेषज्ञले दिए चेतावनी

रणनीतिक तथा अन्तर्राष्ट्रिय सुरक्षा विशेषज्ञ एश्ले जे टेलिसले भारत र चीनबीच लद्दाखमा आमनेसामनेको स्थिति सशस्त्र संघर्षमा परिणत हुने आशंका व्यक्त गरेका छन् ।

उनले इन्डिया टुडेसँगको एक अन्तर्वार्तामा भने, ‘भारतसँग सीमामा विभिन्न क्षेत्रमा भएका चिनियाँ काम स्थानीय स्तरमा गरिएको हैन भन्ने स्पष्ट छ । स्थानीय कमान्डरहरूले यसलाई भड्काएका हैनन् ।’

‘यी सैन्य कारवाहीहरू थिएटर (युद्धभूमि) स्तरमै स्वीकृति दिइएका हुन् र यसका लागि बेइजिङमा शीर्ष नेतृत्वको हरियो झण्डा देखाएकै हुनुपर्छ ।’

उनले थपे, ‘भारत र चीनबीच कुराकानी चलिरहेको छ । पहिलो कोशिश वार्ताकै हुनुपर्छ भन्नेमा म स्पष्ट छु । तर भारतले सैन्य रूपमा पनि सतर्क हुनुपर्छ । स्थितिको गम्भीरता बढ्ने पूर्वानुमान पनि भारतले गर्नुपर्छ र स्थिति गम्भीर हुँदा चीनको प्रतिष्ठा र स्वार्थमा यसले कत्तिको हानि गर्छ भन्ने विषयमा सोच्न चिनियाँहरूलाई बाध्य बनाउनुपर्छ ।’

लद्दाख क्षेत्रमा चिनियाँ सैनिकहरूको गतिविधि चीनले आफ्नो फाइदाका लागि यथास्थितिलाई बदल्ने प्रयास हो भनी टेलिसले बताए ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीनबीच मध्यस्थता गर्ने प्रस्ताव राखेको भए पनि त्यसले काम नगर्ने टेलिसको भनाइ छ ।

उनले भने, ‘ट्रम्प जे भन्छन् र गर्छन् त्यसलाई बुझ्न गाह्रो छ । तर शान्तिदूत बन्ने सम्भावनाले उनलाई बारम्बार लोभ्याउँछ । म उनको मध्यस्थता प्रस्तावलाई गम्भीर रूपमा लिन्नँ । उनले आवेगमा प्रतिक्रिया दिएका हुन् जस्तो लाग्छ ।’

नयाँ दिल्ली र बेइजिङबीच कुराकानी भएमा विवाद समाधानमा सहायता पुग्ने टेलिसको भनाइ छ । उनले भने, ‘तर चीनलाई एकतर्फी रूपमा धरातलीय यथार्थ बदल्ने अनुमति दिन सकिँदैन किनकि विवादित क्षेत्रहरूमा सैनिक र सैन्य सामग्री बढाएर उसले फर्स्ट मुभमेन्टको फाइदा उठाइसकेको छ ।’

चीनलाई लद्दाख क्षेत्रमा जस्ताको त्यस्तै जवाफ फर्काउनु भारतको एक विकल्प भएको टेलिसको कथन छ ।

भर्खरै प्रकाशित

विप्लवको सुरक्षामा इन्स्पेक्टरको कमान्डमा अगुवा गाडीसहित १० जना प्रहरी

गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ को सुरक्षाको लागि प्रहरी निरीक्षक(इन्स्पेक्टर)सहित १० जनाको टोली खटाएको छ। गत शुक्रबार सार्वजनिक भएका विप्लव…

अंकमाल गर्दै विदा भए एमाले-माओवादी

धरान । सर्वोच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई एथावतको फैसला सुनाएपछि सुनसरीका विभिन्न स्थानमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको छ । मंगलबार नेकपाको…

राष्ट्रपतिले दिइन् मुस्कान खातुनलाई बधाई

वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड जितेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन्। १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको ‘इन्टरनेसनल…

‘मैले कोरेकै गोरेटोमा आइपुगे भन्दै’ विप्लवको नाम लिएर यस्तो भने…

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी (टिम) मा स्वागत गर्न चाहेको र आउनैपर्ने बताएका छन् । शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा…

केपी ओली एकदमै गन्हाउने कुहिएको अण्डा, त्यसलाई गाडिन्छ या जलाइन्छ…

नेकपा अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरू एकदमै राम्रा पनि हुने र ती बिग्रिन थाले भने कुहिएको अण्डा हुने बताएका छन्। अहिले प्रधानमन्त्री त्यही कुहिएको अण्डा भएको…